१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

निसाना

लघुकथा

जब एक आपसमा दुम्सीहरू चिच्याइरहेका थिए। भोकाएको बाघले अचानक भन्यो, ‘तपाईंहरू एकै ठाउँमा बसेर पीडित हुनुभयो।’

बाघको शब्द हो जस्तै लाग्यो। एकै ठाउँमा बस्दा दुम्सीका तिखा काँडा आपसमा जुझे। जब च्वास्स काँडा बिज्थ्यो उनीहरूलाई नराम्ररी  दुख्थ्यो। उनीहरू सामान्य पीडा सहन नसकेर स्वतन्त्रताको खोजीमा भिन्नाभिन्नै बस्न थाले।

बाघ भोकाएको थियो। उसले एउटाएउटा गरी सिकार गर्न थाल्यो। साथीका हाडखोर देखेपछि बाँकी चार दुम्सीले वास्तविकता थाहा पाए। जसमा एउटा बाठो दुम्सी थियो। उसले मिलेर बस्न आग्रह गर्‍याे। जब दुखाइ सहेर ती बसे। तिनीहरूको जीवन सुरक्षित भयो।

कथालाई बिट मार्दै नयनराजले सोधे, ‘अमेरिकालाई इरानमा आक्रमण गर्न अनुमति दिने खाडी देशभन्दा यो कथा के फरक छ?’

सर्वेन्द्रले अवस्था नियाले। इरानका धार्मिक नेता अलि खामेनी परमाणु हतियार राख्न हुन्न भन्ने मान्यता राख्थे। यो विषय उनले पेन्टागनले गरेका ब्रिफिङमा सुनेका थिए। फेरि डवल खेल कसरी? वार्तामा आएको इरानविरुद्ध जबर्जस्ती युद्ध। उनको मनमा शंका उब्जियो।

विषयवस्तु नियालेपछि सर्वेन्द्र बोले, ‘इरानले मिसाइल हानेर कमजोर बनाएपछि राजतन्त्रको विरुद्ध अमेरिकाले खाडी देशमा पराकम्प ल्याउँछ।’

- बालकृष्ण गजुरेल  

प्रकाशित: १९ फाल्गुन २०८२ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App