१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

बजारमा आयो 'तानातान हानाहान स्याउलि बजारमा'

गायक विशाल सोनी र शान्ता रानी परियारको स्वरमा 'तानातान हानाहान स्याउलि बजारमा' गीत सार्वजनिक भएको छ।

विशाल र शान्ता रानी चर्चामा आएको धेरै समय भएको छैन। यद्यपि उनीहरूको सांगीतिक क्षेत्रको संघर्ष एक दशक बढी पुगेकाे छ।

नेपाली सांगीतिक क्षेत्रमा विशालको दशकमाथिको अनुभव छ। ७ महिनाअघिको 'मकै बारी दर्याम-दर्याम' गीतले उनलाई चर्चामा ल्याएकाे थियाे।

यस्तै गायिका शान्ता रानी परियारलाई १ वर्षअघिको 'म त ढलें-ढलें' गीतले चर्चामा ल्याएकाे थियाे। दर्शकले पछिल्लो समय यी गायकगायिका निकै रुचाएका छन्। विशाल र शान्ता रानीको स्वर रहेको यो गीतको हुकलाइन पनि विशालकै छ।

गीतकार नेत्र अर्यालकाे शब्दलाई नन्दु परियारले संगीत दिएका छन् भने एरेन्ज एचबिएन किस्मतको रहेकाे छ।

नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक तथा म्युजिक भिडियोका डिमाण्डेड पल शाहले नाचेकाे उक्त गीतकाे भिडियाे निकै राम्राे बनेकाे छ।

उनलाई मोडल कोमल नेपालीले साथ दिएकी छन्। मोडल कोमलले यसअघि केही म्युजिक भिडियोमा काम गरिसकेकी छन्। अहिलेको गीतमा निकै मिहिनतका साथ काम गरेको कोमलले अनुभवले निकै साथ दिएकाे बताएकी छन्। साथै उनले पल शाहसँग काम गर्न पाउँदा खुसी व्यक्ति गरेकी छन्। भिडियोमा गायक विशालले पनि मोडलिङ गरेका छन्।

नवराज उप्रेतीले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन्। भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन्।

प्रकाशित: २८ मंसिर २०८२ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App