असोज ३१ गते प्रदर्शनमा आउने चलचित्र ‘जेरी अन टप’ को गीत ‘ए मेरी कस्तुरी’ आज सार्वजनिक भएको छ।
दशैंपछि आउँदै गरेको चलचित्रको गीतको लेखक र सङ्गीत डिजाइनर जयन जे वाइबा हुन्।
यो गीतमा आशिष गुवाजु र सदीक्षा कट्टेलको स्वर छ।
जेरी अन टप चलचित्रमा अनमोल केसी र आञ्चल शर्मा मुख्य भूमिकामा छन्। चलचित्रको पटकथाकार विश्वास तिमल्सिना हुन्।
गीत सार्वजनिक भएको ४ घण्टामा १९ हजारले हेरेका छन् ।
प्रकाशित: ८ आश्विन २०८२ १६:३० बुधबार





