सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीद्धारा लिखित कृति आत्मप्रकाश (निबन्ध) शनिबार राजधानीमा एक कार्यक्रम गरी विमोचन गरिएको छ ।
सर्वोच्च अदालतका अर्का पूर्वन्यायाधीश प्राध्यापक टोपबहादुर सिंहले कृतिको विमोचन गरे ।
पुस्तकको सम्पादन प्राडा कृष्णप्रसाद दाहालले गरेका थिए । पुस्तकको प्रकाशन मनमती साहित्य समाजले गरेको हो । ४०४ पृष्ठ लामो पुस्तकको मूल्य ५०० रुपैयाँ राखिएको छ ।
पुस्तक १५ खण्डमा विभाजित छन् । पुस्तकमा पूर्वन्यायाधीश भण्डारीले न्याय क्षेत्रमा गरेको लामो अनुभव समेटिएको छ । पुस्तक सार्वजनिक कार्यक्रमका वक्ताहरुले आत्मकथामा लेखकले आफनो प्रसंशा मात्रै गर्ने परिपाटी भइरहेको बेला भण्डारीको पुस्तक फरक भएको बताए । उनीहरुले भण्डारीको पुस्तकमा न्याय क्षेत्रको लामो अनुभव समेटिएको बताए ।
प्रकाशित: १४ भाद्र २०८२ २०:४५ शनिबार




-600x400.jpg)
