१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

झापा–५ बाट बालेनले गरे उम्मेदवारी दर्ता

फागुन २१ को निर्वाचनका लागि रास्वपाका वरिष्ठ नेता बालेन साहले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय झापामा पुगेर उनले प्रक्रिया अनुसार मनोनयन दर्ता गराएका हुन्।

झापा ५ बाट नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दिँदै छन्। बालेनको उम्मेदवारी दर्तासँगै झापा ५ को चुनावी माहोल थप तातेको छ। 

प्रकाशित: ६ माघ २०८२ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App