६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

सारा अली खान रुद्रनाथ धाममा, पूजा गरेको तस्बिरको चर्चा

बलिउड अभिनेत्री सारा अली खान हालै रुद्रनाथ धाममा पूजा–अर्चना गर्न पुगेकी छिन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा उनी पूर्ण रूपमा भक्तिमा डुबेकी देखिन्छिन्।  

निधारमा चन्दनको लेप लगाएर शिवभजन गाउँदै गर्दा कैद गरिएका उनका दृश्यहरूले प्रशंसा पाइरहेका छन्।

तीन दिनको यात्राका क्रममा साराले कुनै पनि भीआईपी सुविधा उपयोग गरेकी थिइनन्। उनले साधारण तीर्थयात्रीझैं पैदल यात्रा गरिन्, बाटोमा भेटिएका मानिसहरूसँग कुरा गरिन् र गाउँघरको जीवनलाई नजिकबाट अनुभूत गरिन्।

सामाजिक सञ्जालमा उनका तस्बिरहरू भाइरल बनेका छन्। धेरैले उनको भक्तिभाव र सरल व्यवहारको प्रशंसा गरेका छन्।

सारा अली खान मुस्लिम परिवारकी सदस्य हुन् । उनका पिता अभिनेता सैफ अली खान र आमा अमृता सिंह हुन्। तर यसअघि पनि सारा विभिन्न हिन्दू तीर्थस्थलहरू काशी, उज्जैन, र केदारनाथ पुगेकी छन्।

भारतमा कलाकारहरूले धार्मिक सीमाभन्दा माथि उठेर श्रद्धा प्रकट गर्ने क्रम बढ्दो छ। साराको यो रुद्रनाथ भ्रमण पनि त्यसको उदाहरणका रूपमा हेरिएको छ।

प्रकाशित: १ कार्तिक २०८२ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App