सोमबार चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक भएको छ। चलचित्रका निर्माता तथा कथाकार दीपक सिवाकोटीले चलचित्रलाई दर्शकको पैसा असुल चलचित्रको रूपमा व्याख्या गरेका छन्।
चलचित्र परिवर्तनको पत्रकार भेटघाटमा चलचित्रमा काम गर्ने अधिकांश कलाकारहरु उपस्थित थिए । व्यस्तताको कारण देखाउँदै निर्देशक विजय केरुङ भने सहभागी भएनन् ।
चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले अभिनेता सुशील श्रेष्ठलाई ‘कम्बो प्याकेज अभिनेता’को रुपमा परिवर्तनमा आफूले पाएको बताइन ।
अभिनेता सुशीलले पनि चलचित्र छायांकनका क्रममा भएका विभिन्न अनुभव सुनाए । उनले भने, ‘विराटनगरमा चलचित्र छायाङ्कनको क्रममा गर्मीले म ढलेको थिएँ ।’
निर्माण पक्षले युवालाई परिवर्तनको सम्बाहक हुन उत्प्रेरणा भरेको दावी गरेको छ । अब युवाहरूले परिवर्तनका लागि जुट्नुपर्ने, देशsJ परिवर्तनलाई यूवा शक्ति अघि बढ्नै पर्ने विषयलाई चलचित्रले उजागर गरेको छ । यो चलचित्रमा अभिनेतृ अञ्जना बराइली प्रहरीको भूमिकामा देखिएकी छिन्। अञ्जनाले चलचित्रमा आफू इमानदार प्रहरीको भूमिकामा रहेको उल्लेख गरिन ।
यो चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, सुवास मेचे, हेमन्त बुढाथोकी, पुकार भट्टराई, बुद्ध तामाङ, सरोज खनाल, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुष कार्की, घनश्याम गिरी, रुद्र रोक्का, बिपिन प्रसाइँ, कृष्ण कोइराला, रोहन सेन्चुरी, मिलनकुमार ढुंगानालगायतको अभिनय छ।
चलचित्र माघ ९ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
प्रकाशित: १० कार्तिक २०८२ १८:२८ सोमबार





