२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

घरघरैमा आयाे ‘पिआर’ फिल्म

‘पिआर’ फिल्म ओटिटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मार्फत प्रसारण भएको छ। बिहीबार (आज) बाट एमएसएम भिडियो मार्फत प्रसारण भएको छ।

गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको यो फिल्मलाई हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्म मार्फत सुविधा प्रदान गरिएको हो।

शोभित बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा नेपालबाट अस्ट्रेलिया पुगेका युवाहरूको समपना स्थायी आवासीय पत्र (पीआर) प्राप्त गर्न गर्ने संघर्षको कथा देखाउन खोजिएको छ। अधिकांश सुटिङ अस्ट्रेलियामा गरिएको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम केसी नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ। यस फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको छ।

प्रकाशित: १० पुस २०८२ १०:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App