चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी भएका छन् । सुवेदीले एक हजार चार सय ८४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी शिरिस पन्तले एक हजार एक सय ८५ मत पाएका थिए ।
संघको ५९औँ वार्षिक साधारण सभा तथा अधिवेशन अन्तर्गत सोमबार मतदान भएको थियो । निर्वाचनबाट नयाँ कार्यसमितिमा सुवेदी प्यानलका अधिकांश उमेदवारहरु निर्वाचित भएका छन् ।
अध्यक्षमा विजयी सुवेदी ५ पटक उवासंघको पदाधिकारीको जिम्मेवारी समालेका व्यक्ति हुन् । उनले २०६० सालदेखि कार्यसमिति सदस्य हुँदै तृतीय उपाध्यक्ष, द्वितीय उपाध्यक्ष २, प्रथम उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष बनेर काम गरेका थिए । यस्तै पदाधिकारी र सदस्यमा पनि अधिकांश सुवेदी प्यानलका उम्मेद्वार विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका राजेन्द्र ओली भारी मतले विजयी भए । ओलीले एक हजार आठ सय ४६ मत प्रप्त गर्दा उनका प्रतिस्पर्धी लोक बहादुर रानाभाटले आठ सय ३४ मत मात्र प्राप्त गरे । राजेन्द्र ओली १४ वर्षदेखि उवासंघमा आवद्ध छन् । उनी कार्यसमिति सदस्य हुँदै द्धितीय उपाध्यक्ष र प्रथम उपाध्यक्षका रूपमा काम गरिसकेका व्यक्ति हुन् । उद्योग वाणिज्य तर्फको उपाध्यक्षमा सुवेदी प्यानलका नारायण प्रधान विजयी भएका छन् । प्रधानले एक हजार पाँच सय ३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुणराज पौडेलले एक हजार एक सय २० मत प्राप्त गरे । प्रधान चार कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल तृतीय उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन् ।
उद्योग तर्फको उपाध्यक्ष पदमा सिरिष पन्त प्यानलका जनक पौडेल विजयी भएका छन् । पौडेलले एक हजार चार सय एक मत प्राप्त गर्दा अकोश अधिकारीले एक हजार दुई सय ५० मत मात्र प्राप्त गरे । यसैबिच कर्पोरेट वस्तुगत तर्फको उपाध्यक्षमा सुवेदी प्यानलका राजन पिया विजयी भए । पियाले एक हजार सात १२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शंकर घिमिरेले नौ सय ५२ मत प्राप्त गरे ।
यस्तै कार्यसमितिको महिला सदस्य तर्फ सुवेदी प्यानलकी सुनिता लिगल कर्मचार्य भारी मतले विजयी भएकी छिन् । उनले एक हजार आठ सय ६१ मत प्राप्त गर्दा प्रतिस्पर्धी बिन्जुराज कर्णिकार श्रेष्ठले ७९० मत प्राप्त गरिन् । यसैगरी अन्य सदस्य पदमा पनि सुवेदी प्यानल नै आएको छ । उद्योग तर्फको कार्यसमितिमा पदमा शंकर अधिकारी, कृष्णकुमार महतो, उपेन्द्र पण्डित, अशोक श्रेष्ठ, इमान्दु बराल, सन्तोष देवकोटा, वाणिज्य तर्फको सदस्य पदमा अस्मिता तिमिल्सिना, विष्णु लम्साल, प्रविन आचार्य, गौरव श्रेष्ठ, श्रीकृष्ण लम्साल र नरेश खनाल विजयी भएका छन् । प्रविन आचार्य पन्त समुहका हुन् । वस्तुगत तर्फ नवराज सुवेदी, लोकनाथ भट्ट, बद्धिसागर कँडेल, सुरेश कुमार गुप्ता विजयी भएको चितवन उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ ।
कर्पोरेट र क्षेत्रिय संघ तर्फका तीन जना सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । कर्पोरेट तर्फ अशोक लामिछाने र अमित कौडाल, क्षेत्रीय संघबाट रेशम आचार्य (तुलसी)को मात्र नाम दर्ता भएको थियो ।
प्रकाशित: २२ पुस २०८२ २०:१४ मंगलबार





