१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले उदयपुरबाट १४ जना सिफारिस

उम्मेदवारको नाम सिफारिस गर्न आयोजित बैठकमा सहभागी नेताहरु । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

आगामी फागुन २१ ग्ते हुन गईरहेको मध्यावधि निर्वाचनका लागि नेकपा (एमाले) उदयपुरले १४ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुरका लागि पार्टीले क्षेत्र नं. १ बाट ६ र २ बाट ८ जनाको नाम सिफारिस गरेको हो ।  

पार्टीको सोमबार सम्पन्न जिल्ला कमिटी बैठकले सो सिफारिस गरेको जनाएको छ । सिफारिसमा पर्ने नामहरुमा निर्वाचन क्षेत्र १ बाट पूर्व जिल्ला अध्यक्षद्वय इश्वरमणि राउत र प्रमेश्वर घिमिरे, पूर्व बेलका नगरप्रमुख दुर्गाकुमार थापा, धीरेन्द्र दाहाल, सीमा मास्के र अश्वीन कार्की रहेका छन् । पार्टीको जनसाँस्कृतिक महासङ्घ अध्यक्ष रहेकी मास्के महिला कोटामा र अनेरास्ववियुमा कार्यरत कार्की जेनजेडतर्फबाट उम्मेदवारमा सिफारिस भएको बताइएको छ ।  

त्यसैगरि २ नं. बाट निवर्तमान साँसद अम्बर रायमाझी, डा. भेषराज थापा, देवराज राई, कृष्णबहादुर थापा, कटारी नगरपालिका पूर्व उपप्रमुख भिमकुमारी राउत, शैलेस लामा र कटारीका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठको नाम सिफारिसमा परेको छ । राई पार्टी निकट लोकतान्त्रिक आदिबासी जनजाति महासङ्घका महासचिव हुन् भने लामा पार्टी प्रदेश कमिटीका पूर्व सचिव हुन् ।  

पर्टी अध्यक्ष भागवत राउतका अनुसार उम्मेदवार बन्न आकांक्षीहरु सबैको नाम प्रदेश कसमटीमार्फत केन्द्रीय समितिमा सिफारिस गरिएको हो । समानुपातिकतर्फ भने पार्टीले यसअघि नै नामहरु सर्वसम्मत सिफारिस गरिसकेको छ । 

प्रकाशित: २२ पुस २०८२ २०:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App