राष्ट्रिका साहित्य प्रतिष्ठानले सल्लाहकार मनोनयन तथा प्रतिष्ठानको वार्षिक कार्ययोजना तर्जुमा गरेको छ।
अध्यक्ष ऋषभ देव घिमिरेको अध्यक्षतामा बसेको बैठकले प्रा. पुरुषोत्तम दाहाल, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा लक्ष्मणप्रसाद गौतम, पवन आलोक र नन्दकृष्ण जोशीलाई सल्लाहकार मनोनयन गरेको हो।
यसैगरी बैठकले कार्यसमितिमा राजेन्द्र केसी र विपिन घिमिरेलाई मनोनयन गरेको छ।
कला र साहित्यमा निरन्तर समर्पित संस्था राष्ट्रिका साहित्य प्रतिष्ठानकाे बैठकले प्रतिष्ठानको वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको प्रतिष्ठानका अध्यक्ष घिमिरेले बताए।
प्रकाशित: २८ श्रावण २०८२ १०:०४ बुधबार





