१४ आश्विन २०८३ बुधबार
image/svg+xml
कला/साहित्य

नीताले गरिन् ‘पार्वती २’ को घोषणा

भदौ १२ देखि प्रदर्शनमा आएको चलचित्र ‘पार्वती’ को सिक्वेल बन्ने घोषणा भएको छ। नीता ढुंगानाको निर्देशन तथा अभिनय रहेको चलचित्र ‘पार्वती’ को दोस्रो श्रृंखला ल्याउने घोषणा भएको हो।

शनिबार नीताले सामाजिक सञ्जालमा अशोक दर्जी र आफ्नो तस्बिर सार्वजनिक गर्दै उक्त घोषणा गरेकी हुन्। उनको सिक्वेल घोषणा गर्ने तरिकाले बुझ्न सकिन्छ, अशोक पनि ‘पार्वती २’ मा देखिने छन्। पहिलो श्रृखंलामा भने यो चलचित्रमा नीता र अशोक मुख्य भूमिका छन्। ‘पार्वती’ मा दिदीभाइको माया र अटिजमलाई केन्द्रमा राखेर निर्माण गरिएको छ।

हरिहर अधिकारीको निर्माण रहेको यो चलचित्रले असोज ४ गते सम्म दुई करोड २४ लाख रुपैयाँको कमाइ गरेको छ।

प्रकाशित: ११ आश्विन २०८३ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App