खोटाङमा सम्बन्ध व्याण्डले यही वैशाख ३० गते सांगीतिक साँझ गर्ने भएकाे छ।
सुरेन्द्र राईकाे व्यवस्थापनमा हुने कार्यक्रममा खाेटाङका नव उदीयमान कलाकारहरू मिलन राई गिटार र भोकलमा, सरोज राई ड्रमरमा, भोकल नोगेन राई र गितारमा अरुण राई रहेका छन्।
कार्यक्रमका सदस्य तथा कलाकार अरुण राईले भने, ‘ हाम्राे खोटाङको माटोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म ख्यातिप्राप्त गायकगायिकाको जन्म भैसकेको छ। उहाँहरूबाट प्रभावित भएर हामीले सांगीतिक समूह निर्माण गरेका छाैं।
स्थानीय नयाँ प्रतिभा तथा कलाकारलाई प्रोत्साहन गर्न, सांगीतिक माध्यमबाट सामाजिक एकता र सम्बन्ध मजबुत बनाउन, दर्शकहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्नु, खोटाङको साँस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने भएका छाैं।’
प्रकाशित: २० वैशाख २०८३ ०७:४६ आइतबार





