१ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

मुक्तकार ‘सोराडी’ को ‘उथलपुथल’ लाेकार्पण

हामी र हाम्रो कृति समाजले मुक्तककार कर्ण दयाल ‘सोराडी’ को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ लाेकार्पण गरेकाे छ।

काठमाडौं, बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानकाे कार्यालय भएकाे हाे। लोकार्पण कार्यक्रमकाे सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारी र साहित्यकार बृन्दा ढुङ्गानाले गरेका थिए।

हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्दराज पौडेलले  शब्द मार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।

समाजका आजीवन सदस्य मीरा न्यौपाने गजुरेलको अध्यक्षता र समालोचक प्राडा गोविन्द मानसिंह कार्कीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।

त्यस्तै विशिष्ट अतिथिमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, डा. देवी क्षेत्री दुलाल (लेखक संघका केन्द्रीय अध्यक्ष), त्रिभुवनचन्द वाग्ले (मधुपर्क मासिक प्रत्रिकाका प्रधानसम्पादक),  शेरबहादुर विश्वकर्मा (जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष ) र कुशल बोकटी (जनसास्कृतिक महासंघका केन्द्रीय महासचिव) रहेका थिए।

प्रमुख अतिथि प्राडा गोविन्द मानसिंह कार्कीले लाेकार्पित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए।

कृतिकार कर्ण दयाल सोराडीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिएकोमा समाजप्रति हार्दिक आभार व्यक्त गरेका थिए।

बधाई तथा शुभकामना सहित सुरु गरेको आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाले आगामी दिनमा १२ स्रष्टाका कृति हरेक महिनाको तेस्रो हप्ता पालैपालो गर्दै जाने र हाम्रो संस्थालाई विश्वास गर्ने सर्जकहरूको कृति लाेकार्पणका लागि पनि संस्था सधैं तयार रहेको विश्वास दिलाए।

संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि प्राडा गोविन्द मानसिंह कार्की र विशिष्ट अतिथि विजयध्वज थापाले हामी र हाम्रो कृति समाजले साहित्यको उन्नयनका निम्ति गरेको कार्यप्रति प्रशंसा गरेका थिए।

टिप्पणीकार अतिथिहरूले कर्ण दयालकाे उथलपुथल मुक्तकसङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा रहेकाे बताए।

राजेशमान केसी, प्रमुना पौडेल, मन भुजेल, नानु राना थापा, शिव हरि थापा, बद्री उप्रेती, बृन्दा ढुङ्गाना, शशिश्री आचार्य, कुमार नेपाल, प्रधुन्न अधिकारी र निरा श्रेष्ठले विमोचित कृतिबाट र आफ्ना रचना वाचेका थिए।

कार्यक्रमका सभाध्यक्ष मीरा न्यौपाने गजुरेलले आजको कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा बताइन्।

प्रकाशित: २९ मंसिर २०८२ १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App