२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
कला/साहित्य

आशा

लघुकथा

सीताले बिहान घाम नउदाउँदै आँखा खोल्थिन्। माटोको घर, टिनको छानो र खाली भाँडाकुँडा, यिनैसँग उनको दिन सुरु हुन्थ्यो। रामेछापको खाँडादेवीमा उनको घर हो। श्रीमान् शहर गएर फर्केका थिएनन्, एक्ली महिलाले घर धान्न धेरै गाह्रो थियो।

गाउँमा प्राय: खेतबारीहरू बाँझा थिए। छोराछोरीका सपना ती खेतबारी जस्तै चिरा परेका थिए तैपनि जेनतेन निमेक गरेर छोराछोरी हुर्काउँदै थिइन्। छोराछोरीलाई विद्यालयमा भर्ना पनि गरेकी थिइन्।

दिनभरि अरूका खेतबारीमा काम गरेर कमाएको थोरै पैसाले उनले साँझ चुलो बाल्थिन्। धुवाँले आँखा पोल्थ्यो तर मन झन् पोल्थ्यो किनकि थकाइभन्दा भारी उनका चिन्ता थिए।

दुःखले थिचेको जीवनमा पनि सीताको माया नै उनको सबैभन्दा ठूलो आशा थियो।

तर हरेक रात छोराछोरी निदाइसकेपछि, सीता उनीहरूको निधार छाम्थिन् र मनमनै भन्थिन्, ‘मेरो जीवन जस्तो नहोस्, तिमीहरूको भोलि उज्यालो होस्!’ 

प्रकाशित: १० माघ २०८२ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App