२२ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

दर्शकसामु आयाे ‘हर्ष’

मंसिर १२ गते आज शुक्रबारबाट एकता पौडेलको डेव्यु निर्देशकीय ‘हर्ष’ चलचित्र देशव्यापी प्रदर्शनमा आएको छ। प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले दर्शकबाट पनि राम्रो प्रतिक्रिया शुक्रबारका विहानी शोमा मिलिरहेको छ।

देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको चलचित्रले पारिवारिक कथालाई केन्द्रमा राखेको छ। बुधबार आयोजित प्रिमियर शोमा पनि उनले हर्षमा निर्देशक शिव रेग्मीको फ्लेवर पाएको प्रतिक्रिया पाउँदा हर्षित देखिएकी थिइन्।

निर्देशक पौडेल निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्रमा समेत निर्माण गरेकी छन्।

चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन र सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी चलचित्रमा छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो। प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।

प्रकाशित: १२ मंसिर २०८२ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App