मुस्कान ढकालको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रत्यौली’को छायांकन सुरु भएको छ।
मंगलबार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो। जिरीमा एक महिनासम्म चलचित्रको छायांकन तालिका रहेको यसको दुई दिनसम्म काठमाडौंमा छायांकन गरेर टिम दोलखा प्रस्थान गर्ने तयारीमा छन्।
चलचित्र हरि हुमागाँई र उत्तम हुमागाँईले खिच्नेछन्। नाइटेङ्गल इन्टरटेनमेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रमा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापा लगायतका कलाकारहरुको अभिनय रहनेछ।
अभिनेत्री शर्माको प्रस्तुतिमा तयार हुन लागेको फिल्मका निर्माता सुरज आचार्य हुन्। नेपाली समाज, सम्बन्ध र संस्कृतिलाई मुख्य केन्द्रमा राखेर तयार हुन लागेको यो चलचित्र फागुनको २१ गतेबाट रिलिज गरिने घोषणा निर्माणपक्षले गरेको छ।
प्रकाशित: १६ भाद्र २०८३ १३:४५ मंगलबार





-600x400.jpg)