गायक दुर्गेश थापा अब अमेरिकाको १२ वटा सहरमा अक्टोबरदेखि नभम्बर मा उनले १२ अमेरिकी सहरहरूमा प्रस्तुति दिने भएका छन्। आफ्नो लोकप्रियताले अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि थापाले अब अमेरिकामा साङ्गीतिक प्रस्तुतिको कार्यक्रमका लागि जाने भएका हुन्।
केही दिनअघि मात्र थापाले अमेरिकाको भिसा पाएका थिए। थापाले न्युयोर्क, टेक्सासको अस्टिन, पेन्सिलभेनिया को पिट्सवर्ग, भेजीनियोको ओहायो, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, क्यालिफोर्नियाको लस एन्जलस, क्यालिफोलियाको सनफासिन्सको, टेक्सासको डायलसमा, सांगीतिक प्रस्तुति गर्ने भएका छन्।
थापाको अमेरिकाका टुरको आयोजना पाण्डे होम्स, एकेबी कम्पनी र आरएबआर ग्रुपले गर्न लागेका छन्।
प्रकाशित: १५ आश्विन २०८२ ०९:०४ बुधबार





