बलिउड चलचित्र धुरन्धर ले नेपालमा १० करोडभन्दा बढीको व्यापार गरेको छ। डिसेम्बर ५ देखि प्रदर्शनमा आएको यस चलचित्रले भारतसँगै नेपालमा पनि राम्रो दर्शक आकर्षण गर्न सफल भएको हो।
आदित्य धरको निर्देशनमा बनेको धुरन्धरमा रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर. माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार राति १२ बजेसम्मको बक्स अफिस रिपोर्टअनुसार धुरन्धर ले नेपालमा १० करोड १५ लाख १८ हजार ७९५ रुपैयाँ ग्रस आम्दानी गरेको छ। फिल्मका ३ लाख ९ हजार २२७ वटा टिकट बिक्री भएका छन्।
यस्तै, हलिउड चलचित्र अवतार ३ ले पनि नेपालमा राम्रो कमाइ गरिरहेको छ। चलचित्र विकास बोर्डका अनुसार उक्त चलचित्रले ५ करोड ७५ लाख ५१ हजार ३०० रुपैयाँको व्यापार गरेको छ। अवतार ३ का १ लाख ४१ हजार ३३७ वटा टिकट बिक्री भएका छन्।
प्रकाशित: २८ पुस २०८२ १७:३१ सोमबार


-600x400-wm.jpg)


-600x400.jpg)