नारी स्रष्टा समाज नेपालद्वारा आयोजना गरिएको ममता मृदुलसँग लघुकथामा बहस- अध्याय पाँच सम्पन्न भएको छ। सर्वनाम थिएटरमा आयोजना गरिएको अशेष मल्लका लघुकथामा बहस भएको हो।

कार्यक्रममा विधान आचार्यले स्रष्टा अशेष मल्लकाे परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए।
लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि काेइरालाकाे प्रमुख आतिथ्य, नारी स्रष्टा समाज नेपालका अध्यक्ष ममता मृदुलकाे अध्यक्षता र रमेन्द्र कोइरालाकाे संयाेजनमा कार्यक्रम भएकाे हाे।

सर्वनाम थिएटर, कालिकास्थान, काठमाडाैंमा भएकाे कार्यक्रममा कलाकार राज शाहको नेतृत्वमा अशेष मल्लको ‘मान्छे’ र ‘कालो कागज’ लघुकथाकाे मञ्चन पनि गरिएको थियो।
कार्यक्रममा ललिता दोषी, रन्जु खनाल, निशा केशी, रन्जना पराजुली लम्साल, मन्दिरा मधुश्री, दीपा चौधरी, सेसेमी लिम्बू, विनोद नेपाल, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित, गोम विक्रम, राज शाह, ध्रुवराज थापा ‘पुरुष’ र रोशन पराजुलीले अशेष मल्लकाे लघुकथा वाचन गरेका थिए।

नारी स्रष्टा समाज नेपालले लघुकथा वाचकहरूलाई सम्मान गरेकाे थियाे। कार्यक्रममा इनरुवाका द्वारिकाप्रसाद पोखरेललाई ‘असल दर्शक’ रूपमा सम्मान अर्पिएको थियाे।
यस्तै विशिष्ट अतिथि विधान आचार्य, प्राडा सावित्री कक्षपति, भागिरथि श्रेष्ठ र इन्द्ररत्न बज्राचार्यले अशेष मल्लकाे प्राज्ञिक व्यक्तित्वबारे बोलेका थिए।
कार्यक्रममा लता केसी, पिपि कोइराला, टीका मिलन, पृन्स प्रमोद ढकाल, एन्जेल निलु आदिकाे उपस्थिति रहेकाे थियाे।
प्रकाशित: १० पुस २०८२ ११:४७ बिहीबार





