अमेरिकी न्याय विभागले स्व. जेफ्री एपस्टाइनको अनुसन्धान दस्ताबेजहरूबाट ठुलो मात्रामा रेकर्डहरू जारी गरेको छ।
अर्बपति बैंकर एपस्टाइनले युवतीहरूको यौन दुर्व्यवहार गरेको आरोपमा जारी भएका दस्ताबेजहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन, अर्बपति एलन मस्क र अन्य धनी तथा शक्तिशाली व्यक्तिहरूसँगको अन्तरक्रियाबारे सरकारी जानकारीहरू समावेश छन्।
उपमहान्यायाधिवक्ता टोड ब्लान्चेले शुक्रबार (स्थानीय समय) घोषणा गरे अनुसार विभागले ३० लाख भन्दा बढी पृष्ठका कागजात, दुई हजारभन्दा बढी भिडियो र एक लाख ८० हजार तस्बिर जारी गरेको छ।
यी दस्ताबेजहरू विभागको वेबसाइटमा अपलोड गरिएका छन्, जसमा डिसेम्बरमा रोकिएका लाखौँ पृष्ठहरू पनि समावेश छन्। यो खुलासा ‘एपस्टाइन दस्ताबेज ट्रान्सपरेन्सी ऐन’ अन्तर्गत भएको हो, जुन महिनौँको सार्वजनिक र राजनीतिक दबाबपछि लागू गरिएको थियो।
यो कानुनले सरकारलाई एपस्टाइन र उनकी विश्वासपात्र घिसलेन म्याक्सवेलबारेका दस्ताबेजहरू बाहिर ल्याउन बाध्य बनाएको हो। दस्ताबेजमा ट्रम्पसँग सम्बन्धित यौन दुर्व्यवहार आरोपहरूको एफबीआई सूची, क्लिन्टनसँगका इमेलहरू र ‘द ड्यूक’नामक व्यक्तिसँगका सन्देशहरू पनि उल्लेख छन्।
एपस्टाइनबाट पीडित र उनीहरूका आफन्तहरूको समूहले यो प्रकाशनलाई ‘विश्वासघात’ भनेर आलोचना गरेका छन्। उनीहरूका अनुसार यो ठुलो फाइलले दुर्व्यवहार गर्नेहरूको नाम (क्लाइन्ट लिस्ट) सुरक्षित राखेको छ। उनीहरूका अनुसार यो खुलासाले कानुनी रूपमा सार्वजनिक गर्नुपर्ने सबै कागजातहरूको प्रतिनिधित्व गर्दैन्।
दस्ताबेजहरूबारे महत्त्वपूर्ण तथ्यहरूमा ३५ लाख भन्दा बढी कागजातहरू अपलोड गरिएको छ। तर कुनै अनुक्रमणिका वा स्पष्टीकरणबिना राखिएको छ। यसका लागि समयसीमा गत वर्ष डिसेम्बर १९ सम्म तोकिएको थियो। त्यो मिति डेडलाइन कटेर सार्वजनिक दस्ताबेजका ६० लाख पृष्ठहरू सयौँ वकिलहरूले समीक्षा गरेका थिए।
बाहिर आएका दस्ताबेजमा केही सम्पादन (एडिट) पनि गरिएको छ। जसअनुसार पीडितको जानकारी, चिकित्सा दस्ताबेज, चलिरहेको अनुसन्धानलाई हानि पुर्याउने सामग्री, बाल यौन दुर्व्यवहार सामग्री र मृत्यु वा चोटपटक लागेका तस्बिर सम्पादन गरिएका छन्।
विभागले यो अन्तिम नै खुलासा भएको दाबी गरेको छ। तर केही सांसदहरूले यसमा शंका व्यक्त गरेका छन्। उनीहरूको दाबी अनुसार कुल फाइलहरू ६० लाखभन्दा बढी थिए। पीडितहरूका नामहरू पनि केहीमा रेडाक्ट नगरी बाहिर आएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १७ माघ २०८२ ०७:५६ शनिबार





