२६ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘अल्झिरह्यो याद’ म्युजिक भिडियाे सार्वजनिक

गीत लेखनमा सक्रिय गीतकार  टेक तामाङ  ‘अल्झिरह्यो याद’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।     

लामो अन्तरालपछि गायक प्रदीपराज पाण्डेको स्वरमा ‘अल्झिरह्यो याद’ नेपाली सांगीतिक क्षेत्रमा प्रस्तुत भएकाे छ। भावनात्मक शब्द र मार्मिक प्रस्तुतिसहित नयाँ गीत  ‘अल्झिरह्यो याद ’ सार्वजनिक भएको छ।

प्रेम, पीडा, बिछोड र सम्झनाको गहिरो अनुभूति बोकेको यस गीतले छोटो समयमै श्रोताको ध्यान आकर्षित गर्न थालेको छ।

‘म तिम्रो शहर छोडी टाढा’ लगायतका सदाबहार गीतमार्फत नेपाली संगीतप्रेमीको मन जितेका गायक प्रदीपराज पाण्डेको स्वरमा रहेको “अल्झिरह्यो याद’ लाई भावनात्मक गीतको अर्को सशक्त प्रस्तुति मानिएको छ।

उक्त गीतकाे संगीत मधुकर लोहोनी र संगीत संयोजन मनोहर सुनामले गरेका हुन्। गीतका शब्दहरूमा प्रेममा विछोडपछि मनमा बल्झिरहने याद, पीडा र अधुरोपनको अनुभूति प्रस्तुत गरिएको छ।

 ‘अल्झिरह्यो याद, बल्झिरह्यो घाउ, जलिरह्यो यो मन, निभाउन मकहाँ जाऊँ’ जस्ता हरफहरूले प्रेममा छुट्टिएपछि मनमा रहने बेचैनी र भावनात्मक संघर्षलाई मार्मिक ढंगले व्यक्त गर्छन्।

प्रदिप हमालले गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा सनम कठायत र रिचा थापाको कलात्मक अभिनय देखिन्छ। भावनात्मक कथा, दृश्य संयोजन र कलाकारहरूको अभिनयले गीतलाई थप आकर्षक बनाएको छ।

समकालीन नेपाली भावनात्मक गीतहरूको भीडमा  ‘अल्झिरह्यो याद’ ले पुराना मिठा गीतहरूको झल्को दिलाउने प्रयास गरेको संगीतप्रेमीहरूको प्रतिक्रिया छ।

म्युजिक भिडियाे सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा गीतका शब्द, स्वर र दृश्यांकनको लाेकप्रियता चुलिँदै गइरहेकाे देखिन्छ।

प्रकाशित: २६ वैशाख २०८३ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App