२४ मंसिर २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

एन्ड्रयूलाई भेटेपछि रचनाले भनिन् : नेपाललाई आफ्नै देशको जस्तो माया दिनुभयो, धन्यवाद

गायिका रचना रिमालले क्रिकेट कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई भेटेर धन्यवाद दिएकी छिन्। उनले लियोनार्डलाई नेपाली क्रिकेटको ‘एक बलियो प्रशंसक, कुशल कमेन्टेटर र बुलन्द आवाज’ को संज्ञा दिँदै उनको योगदान अविस्मरणीय रहेको बताएकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर साझा गर्दै रचनाले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा बलियो पाइला चालिरहेको वर्तमान समयमा विश्व क्रिकेटले नै नेपाललाई हेरिरहेको महसुस भएको भनेकी छन्। यस्तो विशेष परिस्थितिमा एन्ड्रयू लियोनार्डको साथ अनुपम रहेको तर्क उनले गरेकी छिन्। 

उनले लेखेकी छिन्, ‘उहाँका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्छ, उहाँको प्रशंसाले विश्वभरि नेपाली क्रिकेटप्रति आकर्षण बढाउँछ र उहाँको ऊर्जाले हरेक खेलाडी, समर्थक, र आम जनमानसमा एउटा नयाँ उत्साह जगाउँछ।’

गायिका रिमालले लियोनार्डलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्न पाएको क्षण आफ्नो जीवनको महत्त्वपूर्ण पल भएको पनि बताएकी छिन्। उनले थपेकी छिन्, ‘हामी नेपालीहरू सदैव तपाईंप्रति ऋणी रहनेछौँ। क्रिकेटप्रतिको तपाईंको प्रेम, ऊर्जा र सकारात्मकताले हामीलाई अझ ठुलो सपना देख्न प्रेरणा दिइरहेको छ।’

एन्ड्रयू लामो समयदेखि नेपाली क्रिकेटका खेलहरूको अङ्ग्रेजी कमेन्ट्री गर्दै आएका छन्। एनपिएल सिजन २ मा पनि उनको आवाजमा कमेन्ट्री फ्यानलाई खुबै मन परेको छ। 

हेर्नुस् उनको स्टाटस
विदेशी पनि आफ्नै देशको जस्तो लाग्ने, कस्तो माया पो दिनुभयो नि है नेपाललाई। लाग्छ हामी नेपाली क्रिकेटको एकदमै महत्त्वपूर्ण समयमा छौँ , लाग्छ सिङ्गो विश्व क्रिकेटले हामीलाई नियाली रहेको छ। यो किसिमको विशेष परिस्थितिबाट अगाडि बढ्दै गर्दा लाग्छ हामीले पाएको एक बलियो प्रशंसक , एक कुशल कमेन्टेटर र नेपाली क्रिकेटको एउटा बुलन्द आवाज ' Andrew Leonard' ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइलाहरू मजबुत बनाइरहेको यो यात्रामा, उहाँले कहिल्यै थाक्न नजान्ने गरी नेपाललाई उजागर गर्न गर्नुभएको भूमिका अविस्मरणीय छ। उहाँका शब्दहरूले नेपाली क्रिकेटको आत्मा बोल्छ, उहाँको प्रशंसाले विश्वभरि नेपाली क्रिकेटप्रति आकर्षण बढाउँछ र उहाँको ऊर्जाले हरेक खेलाडी, समर्थक, र आम जनमानसमा एउटा नयाँ उत्साह जगाउँछ।
मुख्यतः उहाँले नेपाललाई आफ्नै देशजस्तै माया गर्नुहुन्छ, जुन हामी सबैका लागि गर्वको विषय हो। उहाँलाई प्रत्यक्ष भेटेर धन्यवाद व्यक्त गर्ने सौभाग्य पाउनु मेरो जीवनकै एउटा महत्त्वपूर्ण क्षण रह्यो। नेपालले आज जुन सम्मान, पहिचान र समर्थन पाइरहेको छ, त्यसमा उहाँको योगदान अतुलनीय छ। नेपाली क्रिकेटलाई यति हृदयदेखि समर्थन गर्दिनुभएकोमा धेरै भन्दा धेरै धन्यवाद।
हामी नेपालीहरू सदैव तपाईंप्रति ऋणी रहनेछौँ। क्रिकेटप्रतिको तपाईंको प्रेम, ऊर्जा र सकारात्मकताले हामीलाई अझ ठुलो सपना देख्न प्रेरणा दिइरहेको छ । Andrew Leonard ♥️🙏🏻🏏🇳🇵

प्रकाशित: २४ मंसिर २०८२ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App