१२ असार २०८१ बुधबार
image/svg+xml
कला

साढे पाँच दशक पुरानो गीत बन्यो नेपथ्यको ताजा प्रस्तुति

कुनै समय सङ्गीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले आफ्नो लेखनीमा पूर्वी नेपालको डाँडापाखाका प्रेममय भाकाहरू पनि उतारेका थिए। यसै क्रममा २०२४ सालको एउटा कवितासङ्ग्रहमा प्रकाशित उनको गीतलाई नेपथ्य ब्यान्डले आजैबाट आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ।

‘लेकैको लालीगुराँस, काली-काली केशलाई

साइँली मोरीलाई

पाखैको चिसो बतास, डाली डाली फूललाई

साइँली मोरीलाई’

मञ्जुलका यी शब्दलाई नेपथ्य ब्यान्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्यान्डकै ताजा गीत बन्नपुगेको छ।

दशक अगाडि काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना सङ्खुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ। केही महिनाअघि मात्र नयाँ वर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्यान्डले गाएर सुनाएको थियो।

युट्युबमा आजबाट बज्न सुरु भएको यो गीतको भिडियो त्यसै कन्सर्टका दृश्यहरू हुन्।

‘समाज परिवर्तनको मुख्य चाहना बोकेर गाउँ गाउँ डुल्ने गरे तापनि मेरो मनमा लोकगीतले गहिरो प्रभाव जमाएको थियो,’ यस गीतका बारे स्रष्टा मञ्जुल भन्छन्, ‘त्यही भावनाले उतिबेला यी शब्दहरू कोरिएका हुन्।’

प्रकाशित: १ आश्विन २०७९ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App