नक्कली विवरण पेस गरेर राहदानी, आधार कार्ड बनाएको आरोपमा काभ्रेकी महिला भारतमा पक्राउ परेकी छन् । भारतीय प्रहरीले शर्मिला लामालाई नक्कली कागजपत्रसहित सुनौली नाकाबाट नियन्त्रणमा लिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, उनको साथबाट प्रहरीले भारतीय राहदानी, आधार कार्ड र नेपाली नागरिकताको फोटोकपीसमेत बरामद गरेको छ।
नक्कली कागजपत्र बनाएर घरेलु कामदाररुपमा हङकङ जान लागेकी उनलाई किर्ते अभियोगमा अनुसन्धान सुरु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रकाशित: १३ पुस २०८२ १७:०० आइतबार





