१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आलेख गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण

आलेख साहित्यिक मासिकले प्रकाशन गरेको आधुनिक कथाकार ‘गुरुप्रसाद मैनाली विशेषांक’ लोकार्पण भएको छ। भैरव स्मृति पुस्तकालयको आयोजनामा सो कृतिको लोकार्पण भएको हो।

अतिथिहरूबाट सामुहिक रूपमा लोकार्पित विशेषांकमा मैनाली सम्बन्धी कविता, लेख, निबन्ध,  समीक्षा,समालोचना आदि सङ्गृहीत छन्।

कार्यक्रममा चेतनाथ धमलाले साहित्यिक पत्रिका निकाल्न कठिन भएको अवस्थामा आलेखले गुरुप्रसाद मैनाली विशेषांक जस्तो संग्रहनीय कृति निकालेकोमा खुसी व्यक्त गरे।

कलानिधि दाहालले गुरुप्रसाद मैनालीको नराम्रो पक्ष पनि भएको औंल्याए। उनको पालामा निरंकुशता थियो। निरंकुशतामा साहित्य निकै फस्टाउँछ। आदर्श उन्मुख यथार्थवादी धारा अँगालेका मैनाली अदूरदर्शी कथाकार हुन्। उनले पचास वर्षपछि के हुँदै छ भन्ने सोच्नुपर्थ्यो।’

राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघको माध्यमबाट गुरुप्रसाद मैनालीको पक्षमा अहोरात्र खटिरहेको बताए।

साहित्यकार डम्मर घिमिरेले असल र शालीन शैलीमा समालोचला गर्नुपर्ने धारण राखे। बाजुराम पौडेलले  गुरुप्रसाद मैनाली कथा क्षेत्रको विशिष्ट व्यक्तित्व भएको बताए।

प्राडा कृष्णप्रसाद दाहालले मैनालीले सामाजिक यथार्थवाद अँगालेर गहन रूपमा आख्यानमा कलम चलाएको बताए।

नियात्राकार जय छाङछाले मैनालीको नियात्रा व्यक्तित्वमा समालोचकको आँखा नपुगेको बताए। उनले भने, ‘गुरुप्रसाद मैनालीले नियात्राकार पनि हुन्। तर कुनै पनि समालोचकले यसबारे बोलेको छैनन्। सम्रग नियात्रा विधामै समालोचकको ध्यान पुगको छैन।’

समालोचक युवराज मैनालीले मैनाली आधुनिक कथाको प्रणेता तथा थोरै लेखेर धेरै प्रसिद्धि पाएकोमा खुसी पोखे।

पुष्कर लोहनीले यौनवादी कथालाई समालोचकहरू त्यत्ति चासो नदिएको बताए।

प्रमुख अतिथि गोपी मैनालीले कथाकार मैनाली गाउँको वास्तविक कथा टिप्न निकै सिपालु रहेको बताए।

समालोचक प्रमोद प्रधानले नयाँ र पुरानो पुस्ता बिचमा  घनिष्टता नभएको बताए। उनले भने, ‘नयाँ र पुरानो पुस्ता बिचमा लामो  दूरी  छ। यस्तो विशेषांकले पुरानो पुस्ता बुझ्न र  नयाँ र पुराना पुस्तालाई जोड्न टेवा पुर्‍याउँछ।’

कार्यक्रम साहित्यकार गायक रामबहादुर पहाडीले मीठो गीत गाएर श्रोतावर्गलाई आनन्द दिलाएका  थिए।

नरेन्द्रराज पौडेल,  तारा गाउँले,बद्रीप्रसाद आचार्य, पोषरमण चापागाईं, हरिभक्त सिग्देल, बद्रीप्रसाद अर्याल, बोधराज पौडेल,समीर पाख्रिन,गोपालप्रसाद खरेल, अच्युत पौडेल चिन्तन,राधा कार्की, रामकुमार पण्डित क्षत्री, श्रीराम राई, रमेश भट्टराई पुजारी, विनोद दाहाल जस्ता व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ भाद्र २०७९ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App