१६ चैत्र २०८० शुक्रबार
कला

आशीर्वादलाई श्राप मान्नेहरू छन्

गजल

कीर्ति चाम्लिङ

हात फैलाउँदा यहाँ लात हान्नेहरू छन्,

सत्य–साँचो बोल्दा यहाँ घात छान्नेहरू छन्।

फूल रोपेर भमरा हँसाउन सकिन मैले,

यहाँ त अचेल काँडा छान्नेहरू छन्।

अर्ती र उपदेशको कुरै नगरौं यहाँ,

आशीर्वादलाई श्राप मान्नेहरू छन्।

नाम र इज्जत त एकादेशको कथा भयो,

जिन्दगी खेलौना भनी मदिरा तान्नेहरू छन्।

सोझा र इमानी सब टाढिन्छन् अचेल, 

यहाँ धेरै बेइमानीको खेल जान्नेहरू छन्।

प्रकाशित: १० माघ २०७८ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App