३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

मर्नलाई बिख घोल्ने फुर्सद छैन यहाँ

गजल

 – रामधन वेदना

 

मर्नलाई बिख घोल्ने फुर्सद छैन यहाँ।  

मलामीलाई लास पोल्ने फुर्सद छैन यहाँ।

 

कोरोना, कोरोना अनि फेरि कोरोना ?

अरू त शब्दै बोल्ने फुर्सद छैन यहाँ।

 

नतिजा सुनाउन कति हत्तार कसैलाई,  

रातलाई आँखा खोल्ने फुर्सद छैन यहाँ।

 

आफ्नै ज्यान जतन गर्न नजान्नेहरूलाई,

देश बचाउने भइटोपल्ने फुर्सद छैन यहाँ।

प्रकाशित: १० भाद्र २०७८ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App