७ वैशाख २०८१ शुक्रबार
कला

आफ्नो जन्मदिनमा क्रुष्णाको खुलासाः श्रीमतीभन्दा १२ वर्ष कान्छो

भारतका चर्चित हास्यकलाकार क्रुष्णा अभिषेकले आफू श्रीमतीभन्दा १२ वर्ष कान्छा भएको खुलासा गरेका छन्। उनले ३० मे अर्थात् आजकै दिन आफ्नो जन्मदिन मनाउँदै छन्। उनी चर्चित अभिनेता गोबिन्दाका भान्जा हुन्। उनले 'द कपिल शर्मा शो'मा 'सपना'को भूमिका निभाएका छन्। चलचित्रमा अभिनय गरेका र टिभी शो को जगतमा उनलाई चिरपरिचित छन्।  

उनले अभिनेत्री कश्मिरा साहसँग २०१३ मा विवाह गरेका थिए। उनी क्रुष्णाभन्दा १२ वर्षले जेठी छिन्।

आइतबार जन्मदिन परेका क्रुष्णा ३८ वर्ष पुगेका छन्। कश्मिराले क्रुष्णा अघि २००२ मा एक अमेरिकी नागरिकसँग विवाह गरेकी थिइन्। उनीसँग २००७ मा सम्बन्ध विच्छेद गरेकी थिइन्।  

१२ वर्षको उमेर फरक रहेका उनीहरुको प्रेम सम्बन्धबारे चर्चा चुलेको छ।

प्रकाशित: १६ जेष्ठ २०७८ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App