८ वैशाख २०८१ शनिबार
कला

गुगलले गर्‍यो महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरमा मनाइदैँछ। यस अवसरमा हरेक महत्त्वपूर्ण दिन जस्तै गुगलले आज महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना गरेको छ। डूडल पनि बनाएको छ। 

यो डूडल विशेष रूपमा महिलालाई सम्मान देखाउनको लागि सिर्जना गरिएको हो। भिडियो महिला शक्तिमा पूर्ण रूपमा समर्पित छ। एनिमेटेड भिडियो यस डुडल मार्फत शेयर गरिएको छ जुन समाजमा महिलाले खेल्ने भूमिकालाई चित्रण गरिएको छ।

गुगलले डूडलको माध्यमबाट महिला दिवसका अवसरमा महिलालाई सम्मान देखाएको हो। महिला दिवस को अवसर मा बनाईएको यो चित्र वास्तवमै विशेष छ। यस भिडियोको माध्यमबाट महिलाहरू हरेक क्षेत्रमा अगाडि रहेका छन् र उनीहरूले आफ्नो जिम्मेवारी धेरै राम्रो तरीकाले निभाइरहेका छन् भन्ने कुरा बुझाइएकाे छ।

भिडियोमार्फत भनिएको छ कि, यहाँ कुनै कार्य वा क्षेत्र छैन जसमा आज महिलाहरू सामेल छैनन्। यस छोटो भिडियोले विश्वभरिका साहसी महिलाहरूको सारांश दिन्छ। यसले सगरमाथा आरोहण गर्ने महिलादेखि इञ्जिनियर, राजनीतिज्ञ, वैज्ञानिक, पाइलट र व्यवसायी महिलासम्म सबैको चित्रण गरेको छ।

यी सबै क्षेत्रहरुमा महिलाहरु एक धेरै मजबूत तरीकाले आफ्नो भूमिका खेलेका छन्। आज महिलाहरूले मात्र घर चलाउनमा सिमित छैनन् उनीहरु अग्र स्थानमा रेहेर काम गरिरहेका छन्। अन्तर्राष्ट्रिय महिला दिवस हरेक वर्ष मार्च ८ मा मनाइन्छ। यस दिनको विशेष उद्देश्य विभिन्न क्षेत्रहरूमा महिलाको सक्रिय भूमिकाको कदर गर्न र यसलाई व्यक्त गर्नु हो।

प्रकाशित: २४ फाल्गुन २०७७ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App