२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अदालतकाे आदेश नमानेपछि कंगनाविरुद्ध वारेन्ट जारी

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएसंगै बलिउडमा ग्रुपिजम र नेपोटिजम भएको टिप्पणी गर्दै आएकी अभिनेत्री कंगना रनावत त्यसयता विभिन्न कुराले विवादमा तानि रहन्छिन्। उनको सर्पोट गर्ने नभएका होइनन् बिरोध गर्ने पनि उत्तिकै छन्।  

हालै कंगना रनावतविरुद्ध मुम्बईको एक अदालतले जमानती वारेन्ट जारी गरेको छ। बलिउडका लेखक एवं गीतकार जावेद अख्तरसँगको विवादमा अदालतले सोमबार कंगनाविरुद्ध वारेन्ट जारी गरेको हो।

भारतीय सञ्चार माध्यमका अनुसार गीतकार अख्तरले गतवर्ष दायर गरेको मुद्दामा कंगनालाई अदालतमा उपस्थित हुन दिएको आदेश नमानेपछि वारेन्ट जारी गरेको बताईएको छ। कंगनाले जावेद अख्तरले अभिनेता ऋतिक रोशनविरुद्धको मुद्दा फिर्ता लिन आफूमाथि दबाब दिएको भन्दै मिडियामा अख्तरको टिप्पणी गरेकी थिइन्।      

उक्त बयानले आफ्नो छबि खराब भएको भन्दै अख्तरले अदालतमा कंगनाविरुद्ध मानहानीको मुद्दा दायर गरेका हुन्। अदालतले  कंगनालाई मार्च १ मा उपस्थित हुन निर्देशन दिएको थियो।

प्रकाशित: १८ फाल्गुन २०७७ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App