२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

गगनको प्रशंसा गर्दै चन्द्र भण्डारीले भने : युवा नेतृत्वको पहिलो कदम सफल

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गरेका छन्। भण्डारीले युवा नेतृत्वको पहिलो कदम सफल भएको भन्दै गगनको प्रशंसा गरेका हुन्।

उनले जसले जसलाई जुन शब्दले सम्मान गरे पनि सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिह्नमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि भएको जिकिर गरेका छन्।

यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गरेको बताउँदै उनले अब आवेगमा नभइ सबै मिलेर समाल्नु पर्ने भनाइ राखे।

'युवा नेतृत्वको पहिलो कदम सफल!!! जसले जसलाई जुन शब्दले सम्मान गरे पनि, सबै नेता निर्वाचनमा जान तयार हुनु र एउटै चिह्नमा जानु वर्तमान परिवेशमा नेपाली कांग्रेसको ठूलो उपलब्धि हो,' उनी सामाजिक सञ्जालमा लेख्छन्, 'यसले पार्टीको एकता, जिम्मेवारी र भविष्यप्रतिको भरोसालाई प्रमाणित गर्दछ। हाम्रो प्रयास सफल भएको छ। अब आवेगमा होइन, सबै मिलेर समाल्नु पर्दछ।'

प्रकाशित: ६ माघ २०८२ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App