३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

राष्ट्र संघमा नेपालको प्रस्ताव पारित : देशका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि

संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ।

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ।

राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।

उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन्। 

प्रकाशित: २७ फाल्गुन २०८२ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App