फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङको ६ वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए। उनका अनुसार क्षेत्र नम्बर १ मा खड्ग फागो, क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ मा डा. सुनील शर्मा, क्षेत्र नम्बर ४ मा गुरुराज घिमिरे, क्षेत्र नम्बर ५ मा फुलकुमार लालवानी र क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको छ।
प्रकाशित: ६ माघ २०८२ ०९:५८ मंगलबार





