५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला

अमिताभ बच्चनले गराए मोतियाबिन्दुको शल्यक्रिया

बलिउड अभिनेता अमिताभ बच्चनले आँखाको मोतियाबिन्दुको शल्यक्रिया गराएका छन्। भारतीय  सञ्चारमाध्यमहरुका अनुसार आइतबार अमिताभले मोतियाबिन्दुको शल्यक्रिया गराएका हुन्।  २४ घण्टा डाक्टरको निगरानी पछि अमिताभ सोमबार घर फर्किने जानकारी दिइएको छ।  

अभिनेता अमिताभले आइतबार सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यमा समस्या आएको बताउँदै शल्यक्रिया गर्नुपरेको बताएका थिए। यद्यपी के रोग भनेर खुलाएका भने थिएनन् यसपछि उनका फ्यानहरुमा कौतुहलता बढेको थियो। साथै उनलाई धेरैले स्वास्थ्य लाभको कामना समेत गरेका थिए।  

चलचित्र उद्योगमा ५२ वर्ष बिताइसकेका उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन्। उनले आफ्ना क्रियाकलापहरुको फ्यानहरुमाझ अपडेट दिइरहन्छन्। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App