१५ असार २०८१ शनिबार
image/svg+xml
कला

सुहागरात

कथा

नबिनाको बिहे भर्खर भएको थियो । ऊ मेरी अन्तरङ्ग साथी हो । आइए पढ्दै गर्दा नै धनी केटो भनेर उसका बाबुआमाले बिहे गरिदिए । म बिहेमा रातभरि बसेकी थिएँ । उसलाई बिहे गर्न मन थिएन । तर बाबु आमाको अगाडि उसको केही जोड चलेन । अन्माएर लैजाँदा म धेरै रोएकी थिएँ । मलाई लागिरहेको थियो कि मेरो मुटु कसैले चुँडेर लगिदिएको छ ।

ऊ सोर दिने साइतपछि माइतमै बस्न आएकी थिई । मलाई रात बस्दै बोलाएकी थिई । म गएकी थिएँ । खाना खाएपछि हामी सुत्न उसको कोठामा गएका थियौँ । कोठामा पुग्नेबित्तिकै म सोध्न चाहन्थेँ– ए नबिना, तेरो सुहागरातको अनुभव सुना न। 

मैले सोध्नुपूर्व नै ऊ रुन थालेकी थिई । उसलाई पल्ला कोठाका मान्छेले थाहा पाउँछन् भन्ने पिर थियो । रुँदै गर्दा ऊ पूर्ण रूपले नाङ्गिएकी थिई । उसका स्तनमा नङ्ग्य्राएका धर्साहरू थिए । गालामा टोकेका डामहरू थिए । जिब्रो चबाउनै नहुने गरी टोकिएको थियो । ओठको घाउलाई लिपिस्टिकले छोपेर ऊ हाँसेकी थिई । उसको गुप्ताङ्ग फाटिएको थियो । मलद्वार क्षतविक्षत भएको थियो ।  हिँड्दा टाङ फारेर हिँडथी । सोर दिन कहर काटेर आएकी थिई । निरास थिई । हतास थिई । एकोहोरो भन्दै थिई– रितू, बिहे नगर्नु रहेछ । लोग्ने मान्छे भनेका राक्षस रहेछन् । रात परेर एकान्त त भेट्नै नहुने । चिमोट्ने । बटार्ने । चिथोर्ने । टोक्ने । भोग्ने । थिलथिलो पार्ने । सुत्न पनि नपाइने ।

म स्तब्ध भएकी थिएँ । मलाई उसको पोइ भनाउँदालाई मारिदिऊँजस्तो रिस उठेको थियो । मेरी पूmलजस्ती साथीमाथि यस्तो शोषण  ?

तर ऊ भन्थी– कसैलाई पनि नभन् है रितू । हो यस्तै भोग्नुपर्छ रे । प्लिज कसैलाई पनि नभन् है । तेरो त्यो भिनाजुलाई पनि केही नभन् है । यस्तै बानी पर्नुपर्छ रे ।

मेरा जिउमा काँडा उम्रेका थिए ।  

०००००

नविनाको बिहे भएपछि म एक्लै भएँ । बागबजारबाट ट्युसन पढेर फर्कँदा रत्नपार्कमा गाडी कुरिरहेकी थिएँ । साँझ परेको थियो । एक हुल केटाहरू आए । मसँग ढेस्सिँदै हिँडे । एउटाले मेरो पछाडि सुस्तरी चिमोट्यो । मैले फर्केर हेरेँ । उनीहरू पर पुगिसकेका थिए । भन्दै थिए– क्या पट्ठी रहिछे यार । 

म बस कुरि नै रहेकी थिएँ । दुई जना केटा मेरो नजिकै कानमा आएर फुस्फुसाए–जाने हो ?

मैले आँखा तरेँ । उनीहरू बाटो लागे ।  

बस पर्खि नै रहेकी थिएँ । फेरि अर्कै केटाले नजानिदो गरी मेरो छातीमा कुइनो राख्यो । मैले अनायास नै उसलाई एक झापट हिर्काएँ । मान्छे भेला हुनुअधि नै ऊ भाग्यो।

मेरो मन एकतमासको भयो । ‘यी लोग्ने मान्छे भनेका कुकुर हुन् । स्याल हुन् । सुँगुर हुन् । राक्षस हुन् । काँचो मासु खाने राक्षस । गिद्ध हुन्’ म एकलै बर्बराउँदै घर पुगेँ । घरबाहिर चोकमा मेरो आफ्नै दाजु एउटी केटीसँग मस्कीमस्की कुरा गरिरहेको थियो । मलाई त्यो दाजु पनि राक्षस लाग्यो । कात्तिकको कुकुर । उफ, ए भगवान् यस्तो राक्षस संसार किन तिमीले सृष्टि गर्यौ ?

घर पुगेर मैले सबै कुरा आमालाई बताएँ । आमा एकदम डराउन थाल्नुभयो । हडबडाउन पनि थाल्नुभयो र मलाई भन्न थाल्नुभयो– गुन्डा होलान् । ट्यापे होलान् । तिनीहरूले त तलमाथि पनि गर्न बेर लाउँदैनन् । तैले त्यसलाई त्यसरी गालामा चड्कन नहान्नुपथ्र्यो छोरी । जोगिँदै हिंड्नुपर्छ छोरी । के गर्ने ? हामी आइमाईको जीवन काँचको जस्तो हुन्छ । एकपल्ट फुटेपछि नजोडिने ।

मलाई आमाका कुरा पटक्कै मन परेन । पर्दै परेन । मैले आमालाई त केही भनिनँ तर मलाई यो लोग्ने मान्छेको राक्षसी सत्ताप्रति विद्रोह गर्न मन लाग्यो । विद्रोही हुन मन लाग्यो । मैले जुडो कराँते सिकेँ । यसले मेरो मनोबल निकै बढायो । अब मलाई कसैले चलायो वा हिंसा गर्न प्रयास गर्यो भने म उसलाई चडकन् लाउन थालेँ । लुगा पनि म सजिला सर्टप्यान्ट लगाउन थाले । स्पोर्टस सुज लाउन थालेँ । म हेर्दाहेर्दै पुरुषजस्तै देखिन थालेँ । यो कुरा आमा, बा, परिवार र समाजलाई मन परेन ।

आमा भन्नुहुन्थ्यो –छोरी, आइमाई भएर जन्मेपछि अलिअलि त स्वास्नी मान्छेका लुगा लगाउनुपर्छ, श्रृङ्गार पनि गर्नुपर्छ । बिहे गर्नुपर्छ । बच्चा पाउनु पर्छ । सधैँ यसरी जीवन त चल्दैन । सामाजिक रीतिथिति मान्नुपर्छ । चालचलन, परम्परा र संस्कार नमानी धर छैन ।

म आमालाई भन्थेँ –म बिहे गर्दिनँ आमा। मलाई कर नगर्नु होला । म एक्लै बाँच्छु । मलाई यी दुष्ट लोग्नेमान्छेको सङ्गत गर्नु छैन।

०००००

बाबाको निधन भयो । उहाँले मेरो बिहे गराउन निकै बल गर्नुभएको थियो । तर मैले गरिनँ । दाजुको भयो । भाइले पनि गर्यो । बहिनीले पनि गरी । अहिले बहिनीको सानो छोरा छ । अहो मलाई त भाउजू र बुहारीले पनि हेप्न थालेजस्तो लाग्न थालेको छ । तर, मैले पढेकी छु । जागिर खाएकी छु । म आफ्नै खुट्टामा उभिएकी छु । म कुनै लोग्नेमान्छेबिनै पूर्ण छु ।

शनिबारको दिन थियो । दाजु र भाउजू, भाइ र बुहारी थिएनन् । घरमा आमा र मात्र थियौँ । मेरा लन्ड्रीबाट धोएर ल्याएका प्यान्टहरू दराजमा थन्क्याउँदै थिएँ । आमा आउनुभयो । मैले आमालाई हेरिरहेँ । मेरा मनमा कुराहरू खेल्न थाले । यो आमाले कति कुटाइ खाएको होला ? बुहार्तन खेपेको होला ? दायित्व बोकेको होला ? अपमान सहेको होला ? प्रताडना खेपेको होला ? यतिका छोरा छोरी पाउनु, हुर्काउनु, बढाउनु, पढाउनु कति कहर खेपेको होला ?

मैले ध्यान दिएर आमाको शरीर  नियालिरहें । अनुहारमा मुजा बाक्लिएका थिए । निधारभरि कपाल छरपस्ट थिए । अनुहार फुङ्ङ उडेको थियो । उदाश थिए आँखाहरू । आमाको साह्रै माया लागेर आयो । अहो इस्पातजस्ती आमा त गल्नुभएछ ।  

मैले आमालाई सोधेकी थिएँ–के भयो आमा ? किन उदाश हुनुहुन्छ ?

आमा त एकाएक रुन पो थाल्नुभयो । आमा रोएको मलाई भयावह लाग्यो । मैले आमालाई भनेँ–आमा नरुनुहोस् । के हजुरलाई दाजुभाउजूले गाली गरे ? भाइ बुहारीले वचन लाए ? चिन्ता नगर्नुस् । म हजुरलाई पाल्छु ।

आमाले भन्नुभयो– तेरो दाजुभाउजूको कुराले मलाई कत्ति पनि असर गर्दैन । भाइबुहारीको कुराले पनि केही फरक पदैन । तर, सधैँ तेरो कुराले चिन्ता लाग्छ।

मैले भनेकी थिएँ–मेरो कुरामा चिन्ता नलिनु आमा । म भित्रैदेखि बलियी छु । जागिर छ ।

आमाले रुँदै भन्नुभएथ्यो–मलाई मेरो चिन्ता छैन । तेरा दाजुभाइले बाँचुन्जेल पाल्छन् । पाल्न कर लाग्छ । मरेपछि फाल्छन् । फाल्न पनि कर लाग्छ । तर म तेरो भविष्यसँग चिन्तित छु ।

मैले भनेथेँ–म ठिक छु आमा ।

अनायासै आमाले मेरो अनुहारमा ट्वाल्ल परेर हेर्नुभयो र भन्नुभयो–म तँसँग एकथोक माग्छु छोरी ?

मैले भनेथेँ–मसँग पैसा छ आमा, जे माग्नुहुन्छ त्यही दिन्छु ।

आमाले भन्नुभएथ्यो–पैसा र सम्पत्ति त तेरै बाबाले कमाइदिएकाले मलाई पुग्छ।

–त्यसो भए भन्नु न त, म जे पनि मान्न तयार छु ।

–तँ बिहे गर् छोरी । सन्तान जन्माऊ । यी दाजुभाउजू, भाइबुहारी सधैं तँतिर हुन सक्तैनन् । अब म कहिले मर्ने हुँ थाहा छैन । मर्नुभन्दा पहिले तेरो बिहे भएको हेर्न चाहन्छु ।

०००००

मलाई हेर्न केटो आयो । कलेजमा मनोविज्ञान पढाउँछ अरे । अग्लो टिङरिङे । ओठमा जुँघा पालेको । अगाडिको एउटा दाँत अलि उठेको । मलाई ऊ राक्षसजस्तै लाग्यो । उसले चिम्सा आँखाले मलाई ट्वाल्ल परेर हेर्यो । मानौ ऊ गोही हो र म उसको सिकार हुँ । उसलाई भगाउन मन थियो । तर म आमाको आँसु सम्झेर चुप लागेँ । उसले मलाई मन परायो अरे । कस्तो बेकामे प्रोफेसर होला त्यो । चिन्नु न जान्नु मन पर्यो रे । त्यही पनि मनोविज्ञानको । उफ, मैले लामो स्वास फेरेँ ।  मुर्ख जुँघे केटो । अभागी ।

मलाई सोधियो । मैले ‘हुन्छ’ भन्नु नै थियो । आमाको आँसुको भेल थाम्नकै लागि भए पनि मैले ‘हुन्छ’ भन्ने सङ्केतमा मुन्टो हल्लाएँ । घरमा अपार खुसी भित्रियो । आफन्त साथीभाइ रौसिए । हेर्दाहेर्दै परिवेश हाँस्न थाल्यो । मैले बनारसी लाउनुपर्यो । मेहन्दी लाउनुपर्यो । सत्र लपत्रे मेकअप गर्नुपर्यो । जन्ती आयो । बिहे भयो । मलाई सिँगारिएको कारको ढोकाभित्र छिराए । सबैलाई मेरो बोझ रहेछ । हल्का भयो । मलाई आफू पर्सिएको बोकाजस्तै लाग्यो ।

जुँघे केटाको घरमा पुर्याइएँ । उता त झन् ठुलो उत्सब । मलाई हेरेर मान्छे भन्थे–अजय बाबु त कति भाग्यमानी, इन्द्रकमलजस्तै सुन्दरी बेहुली ल्याउनुभयो । अजय बाबुले किन बिहे नगरेको भनेको त यस्ती अप्सरा ल्याउनु रहेछ र पो ।

उसको सुहागरात थियो । ऊ कोठाभित्र पस्यो । मलाई आमाजू भन्ने एउटी आइमाईले उसको कोठामा पुर्याइदिइन् । उसले मलाई छुन खोज्यो । मैले उसलाई भनेँ–म तयार छैन । पर जानुस् ।

ऊ यसरी पर सर्यो। मानौ, म मरिसकेकी लास हुँ र ऊ उपियाँ हो । दुलान फर्काउन माइती गयौँ । मैले कसैलाई पनि भनिनँ । फेरि घर आयौँ । ऊ हरेक रात मलाई छुन आउँथ्यो । म पर भगाउँथेँ । ऊ मलाई केके भनेर सम्झाउँथ्यो । जीवनको कुरा गथ्र्यो । यौनको कुरा गथ्र्यो । संसार चलाउने कुरा गथ्र्यो । माया गथ्र्यो । अनेक खानेकुरा लिएर आउँथ्यो । मलाई भने लाग्दै थियो । ऊ मलाई हरियो घाँस हाल्दै थियो । ब्वाँसो । 

यसरी एक महिना बित्यो । हाम्रो शारीरिक सम्बन्ध भएन । ऊ उदाश देखिन थाल्यो तर उसले पनि कसैलाई भनेन । एकरात ऊ आयो । मलाई सकेसम्म फकायो । कति दिन त्यसै बस्ने भन्थ्यो । कारण खोज्थ्यो । मसँग मिल्न खोज्थ्यो । मैले मानिनँ । उसले मलाई समायो । मैले केही नचलेपछि कराँते हानेँ । ऊ उछिट्टियो । ऊ फेरि आयो हाम्रो लडाइँ नै भयो । ऊ पनि कराँतेवाला रहेछ । मलाई कक्य्रायो । मेरो लुगा खोल्यो र ममाथि चढ्यो । मलाई सक्यो । मलाई पीडा भयो । यो क्रम दोहोरिरह्यो । मैले धेरैपल्ट उसलाई पिटेँ । मलाई लाग्यो यो लोग्ने मान्छेको जात राक्षस नै हुँदो रहेछ । ज्याद्रो ।

म भारी जिउकी भएँछु । त्यसपछि उसले कहिल्यै मलाई बल प्रयोग गरेन । ऊ मलाई मिठोमिठो खाना ल्याइदिन्थ्यो । आराम गर भन्थ्यो । म छक्क पर्छु । के तालको मान्छे होला । मलाई त्यस्तो बल प्रयोग गरेर भुँडी बोकायो । त्यसको सन्तान मैले पाउनुपर्ने । अहिले माया गरेजस्तो गर्छ । राक्षस । 

मैले छोरो पाएँ । छोरो पनि हुर्कँदै थियो । तर मलाई त्यो छोरा पनि लोग्नेमान्छेकै सन्तान लाग्न थालेको थियो । राम्ररी दुध पनि खुवाइनँ ।

ऊ फेरि ममाथि आइलाग्न थाल्यो  । मैले दिइनँ । ऊ उदाश भयो । पहिलेजस्तो उसले बल पनि प्रयोग गरेन । म बेलुकाको भात खान थालेकी थिएँ । ऊ आयो । ह्वास्स गन्हाएको थियो । रक्सी खान थालेछ । मलाई रिस उठ्यो । जुठै हातले एक झापट दिएँ । ऊ भातै नखाई सुत्न गयो । अब हामी बिच सामान्य सम्बन्ध मात्र रह्यो । मान्छेले हेर्दा हामी असल जोडी थियौँ । मिठो बोल्थ्यौँ । मोटरसाइकलमा सँगै हुन्थ्यौँ । उसले मलाई अफिस पुर्याइदिन्थ्यो । लिन आउँथ्यो । किनमेल गर्न पनि सँगै जान्थ्यौँ । तर पनि उसलाई म घृणा गर्छु । किनकि ऊ लोग्ने मान्छे हो । ऊ राक्षस हो । 

एकदिन ऊ र म मोटरसाइकलमा जाँदै थियौँ । दुर्घटना भयो । दुवै घाइते भयौँ । मभन्दा ऊ घाइते भयो । तर ऊ मेरो केयर गरिरहेको थियो । मलाई नै सोद्धै थियो–रितू, तिमीलाई चोट लाग्यो हगि । उफ ।

यतिबेला पनि मलाई उसको माया लागेन । तर मैले लोग्नेमान्छेको छाउरो ठानेको छोरोको भने याद आयो । माया लागेर आयो । घर आएर छोरालाई गम्लङ्ग अँगालो हालेँ । छोरो मलाई विस्मयका साथ हेरिरहेथ्यो । 

अचेल म यो अजयलाई हेरिरहेको छु । शारीरिक सम्पर्क नभएको धेरै दिन भइसक्यो । ऊ ममाथि बल पनि प्रयोग गर्दैन । चुपचाप मलाई नै हेरिरहन्छ । मैले उसलाई शंका गर्दैछु । सायद ऊ वेश्यालय जाँदो हो । मैले उसका बारेमा अनुसन्धान नै गरेँ । अहँ, ऊ कहीँ जाँदैन । र उदाश भने झन् –झन् भइरहेको छ । खान दिँदा पनि मिठोनमिठो भन्दैन । लुगा पनि मैलो भो भन्दैन । जहाँ जाऊँ भन्यो ऊ मलाई चुपचाप पुर्याइदिन्छ । आज्ञाकारी बालकलेझैँ । मलाई लाग्दै छ ऊ लाटो भइरहेछ । ऊ स्लो भइरहेछ । हाँस्नुपर्यो भने कृत्रिम हाँस्छ । दुब्लाउँदै गएको छ । मैले जुठो हातले पिटेपछि उसले रक्सी खान पनि छोडेको छ । ऊ एकान्त मन पराउन थालेको छ । शान्त मन पराउन थालेको छ । ऊ बेग्लै भएको छ ।

०००००

मध्यरात थियो । आज अजय बेस्सरी रोयो । मेरो काखमा मुन्टो राखेर रोयो । यसरी ऊ कहिल्यै रोएको थाहा थिएन । ऊ रोएको देखेर म पनि भावुक बनेँ । ऊ मलाई भन्दै थियो– मलाई माफ गर रितू, मैले तिम्रो विश्वास जित्न सकिनँ । तिमीले मलाई विश्वास गर्न सकिनौ । मैले सबै प्रयत्न गरेँ । म हारेँ । मेरो यो मनोविज्ञानको मास्टर डिग्री पनि केही काम लागेन । आज मनोविज्ञानका थ्योरीहरू पनि बेकामे भएका छन् । मेरा सबै उमङ्गहरू सकिएका छन् । उत्साहहरू मरेका छन् । मैले जाबो तिम्रो मन जित्न सकिनँ । परिवार भन्नु नै के छ र ? तिमी, म र हाम्रो एउटा छोरा न हो । बुवाआमा पनि हाम्रो मेल नदेखीकनै स्वर्गवास हुनुभयो । कत्ति रहर थियो होला उहाँहरूलाई । त्यही पनि मैले सकिनँ । मैले तिमीलाई बुझ्नै सकिनँ । मलाई माफ गर रितू ।

घडी हेरेँ । रातको साढे एघार बजेको थियो । छोरो मसँगै पलङमा सुतेको थियो । मस्त निद्रामा थियो । खासमा अजय त्यही कोठामा भएको पल्लो पलङमा सुतेको थियो । ऊ त्यहीँ सुत्ने गर्छ । मैले नै उसलाई मसँग सुत्न नदिएको हो । नत्र त यी लोग्ने भनाउँदाहरू औँलो दियो भने डुँडुलो निल्न खोज्छन् । तर उफ आज ऊ किन यसरी रोइरहेको छ । म किन उसको टाउको मेरो काखबाट हटाउन सक्तिन ? आज म के हुँदै छु । छोरो उठ्ला भन्ने लाग्यो । म उसको पलङमा सरेँ । ऊ फेरि मेरो काखमा मुन्टो राखेर सुँक्कसुँक्क गरिरहेको छ । लोग्नेमान्छे रोएको त मैले देखेकै थिइनँ । कस्तो नरमाइलो हुँदो रहेछ ।  मलाई ऊ रोएको कत्ति मन परेन । कस्तो काँतर लोग्नेमान्छे होला ऊ । मलाई उसको माया लाग्न थाल्यो । उसप्रति दया लाग्न थाल्यो । कति टिठलाग्दो भएको हो यो अजय । कति मायालु भएको होला यो लोग्ने आज ? हे भगवान् मलाई आज के भइरहेछ ? किन यो लोग्ने अरू लोग्ने मान्छेजस्तो लाग्न छोड्दैछ मलाई ? किन यो अजय आम लोग्नेमान्छेजस्तो हिंस्रक लाग्न छोडेको छ मलाई ?

मैले उसको टाउको मेरो काखबाट उठाएँ । ऊ अझै पनि रोइरहेको थियो । उसको आँसु नाइट डे«सको फेरले पुछिदिएँ । ऊ हतास र मसँग क्षमा याचना गरे जसरी मलाई ट्वाल्ल हेरिरहेको थियो । गालामा आँसुका डोबहरू कट्कटिएका थिए । ऊ निरीह देखिन्थ्यो । लाचार देखिन्थ्यो । आँखाहरू थाकेका देखिन्थे । त्यसैत्यसै थाकेर लखतरान परे जस्तो थियो । उसलाई हेरिरहेँ । ऊ युद्ध हारेर आएको सिपाहीँजस्तो लाग्यो मलाई । माया उर्लेर आयो । थेग्नै सकिनँ । उसलाई अँगालो हालेँ । यसअघि कहिल्यै उसलाई अँगालो हालेकी थिइनँ । उसले मेरो पिठ्यूँ सुम्सुम्याउनँ थाल्यो । अनायास मेरा आँखाबाट आँसु झर्न थाले । म रुन थालेँ । म रोएको देखेर ऊ छक्क पर्यो । उसलाई लागेको थियो होला– यो स्ट्रङ्ग आइमाई आज किन रुँदैछे ? यो बोल्ड कडा पत्थर आज किन पग्लिँदै छे ?’ 

मैले एकाएक उसलाई म्वाईँ खाएँ । उसको ओठ चुम्न थालँे । चुस्न थालेँ । मैले उसको लुगा खोल्न थालेँ । ऊ  छक्क पर्दै थियोे । के गरूँ न कसो गरूँ भइरहेथ्यो । अनि म भनिरहेकी थिएँ– अजय, तिमी मलाई माफ गरिदेऊ । मैले तिमीलाई चिनिनँ । मैले यो आठ वर्षको हाम्रो वैवाहिक जीवन नर्क बनाएँ । तिमीलाई धेरै रुवाएँ । मनोवैज्ञानिक दुःख दिएँ । कुटेँ पनि । तिमीले चुपचाप सह्यौ । तिमी महान हौ अजय । मलाई माफ गर न अजय । प्लिज । तिमी त्यो नविनाको पोइजस्तो लोग्नेमान्छे होइनौ । तिमी आम लोग्ने मान्छे होइनौ । तिमी असल छौ । म तिमीलाई माया गर्छु अजय । हो म तिमीलाई आजदेखि माया गर्न थालेकी छु । । मलाई माफ गर न । प्लिज । आऊ न प्लिज ।

ऊ असाध्य मायालु भएर आयो । मलाई सुम्सुम्याउन थाल्यो । चाट्न थाल्यो । सुस्तरी सुस्तरी ऊ मलाई भोग्न थाल्यो । म उसलाई भोग्न थालेँ । मलाई यस् लाग्न थाल्यो – म असीमित आनन्दतर्फ उन्मुख भएकी छु । अपरिमित उच्छवासमा हराएकी छु । मैले यही लोकमा अलौकिक आनन्द प्राप्त गरेकी छु ।र भाग्यमानी भएकी छु । हामी रातभरि सुतेनौँ । यो हाम्रो पहिलो सुहागरात थियो ।  

प्रकाशित: २२ माघ २०७७ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App