अक्षय कुमारको नयाँ फिल्म आउने भएको छ। उनको नयाँ फिल्मको नाम 'लक्ष्मी बम' राखिएको थियो। तर, सोसल मिडिया, हिन्दु सेना र करणी सेनाले निर्मातालाई फिल्म बहिस्कार गर्ने बताएपछि फिल्मको नाम परिर्वतन भएको छ। अब फिल्मको नाम 'लक्ष्मी' मात्र हुनेछ।
फिल्मका निर्देशक राघव लरेन्सले दर्शकहरुको भावनाको सम्मान गर्दै नाम परिर्वतन गरेको बताएका छन्। नाम परिर्वतन गर्नु अगाडि उनले फिल्म निर्माता शबीना खान, तुषार कपूर र अभिनेता अक्षय कुमारसँग छलफल गरेका थिए। अक्षय कुमार र कियरा आडवाणीले फिल्मको नाम 'लक्ष्मी' राखिदिएका हुन्।
फिल्मको कहानीले हिन्दुहरुको भावना, विचारधार, रीति रिवाज, देविदेवता प्रति ठेस पुराउने र समाजमा गलत संदेश जाने बताउँदै विरोध भएको थियो।
लक्ष्मी फिल्म तमिल फिल्म 'मुनि २ कंचना'को रिमेक हो। यो फिल्म नोभेम्वर ९ मा डिज्नी हटस्टारबाट रिलिज हुनेछ। फिल्म इदमा रिलिज हुने बताएपनि कोरोना भाइरसका कारण त्यस समय रिलिज हुन सकेको थिएन।
प्रकाशित: १४ कार्तिक २०७७ ०७:५३ शुक्रबार





