अभिनेत्री तथा निर्माता रेखा थापाको चलचित्र ‘३६ को आँकडा’ को प्रदर्शन मिति घोषणा भएको छ। उक्त खबरको जानकारी रेखाले स्वयं सामाजिक सञ्जालमा दिएकी हुन्।
चलचित्र आगामी २०८३ को नयाँ वर्ष लक्षित गरेर चैत २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको हो। रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरको '३६ को आँकडा' मा सबिर श्रेष्ठको निर्देशन रहेको छ।
चलचित्रमा रेखा थापा, पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्कासहितका कलाकारको अभिनय रहेको छ।
प्रकाशित: १६ पुस २०८२ १२:१८ बुधबार





