२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश तथा कोशी प्रदेशका निर्वाचन अधिकृत भिष्मराज प्रसाईले कार्यालयको उद्घाटन गरेका छन् । 

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश भिष्मराज प्रसाईलाई ०८२ पुस ८ गते निर्वाचन अधिकृत तोकेको थियो । निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै राष्ट्रिय सभा निर्वाचनका लागि काम सुरु गरिसकेको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले बताए । 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ०८२ पुस १९ गते अन्तिम मतदाता नामावली प्रकाशन, पुस २३ गतेदेखि पुस २७ गतेसम्म दावीविरोध र पुस २८ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत बुढाथोकीले  जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा महिला समूहका १, दलित समूहका १ र अन्य समूहका १ गरी ३ जना सदस्यका लागि निर्वाचन हुँदैछ । 

राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ जना मतदाता छन् । राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले मत गणना हुने व्यवस्था छ । 

प्रकाशित: १६ पुस २०८२ १८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App