शीतल गिरी
दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यको उत्तरतर्फ साम्राज्य विस्तार गर्ने योजनाको मूर्त रूप दक्षिण तराईको सिम्रौनगढमा स्थापित डोय राज्य हो । उनको मृत्युपछि विशाल कर्णाटक राज्यबाट उनका उत्तरी युद्ध अभियानका सेनापति नान्यदेवले इस्वी संवत् ( इसं) १० जुलाई १०९७ मा आफूलाई स्वतन्त्र राजा घोषणा गरी सिमरौनगढलाई राजधानी बनाए ।
चालुक्यहरूको विशाल कर्णाटक राज्यबाट छुट्याइएको यस नयाँ डोयराज्यको राजधानी सिमरौनगढमा योजनाबद्ध र व्यवस्थित किसिमले किल्लाबन्दी गरेका थिए ।
सिमरौनगढको वरिपरि ७ वटा सुरक्षात्मक पर्खालहरू बनाइएका थिए । नान्यदेवले राजप्रसादको थप सुरक्षाका लागि ११ वटा ठूल्ठूला ढोका र २१ ठाउँमा पानीको पोखरी र अनेकौं लहरमा रूखहरू लगाएका रहेछन् । पूर्वी उत्तरी शत्रुहरूबाट राज्यको सुरक्षा हेतु बागमती नदीदेखि पूर्व “मूर्तिया” नाम गरेको स्थानमा कालो संगमरमर ढुंगाको आकर्षक मन्दिर बनाएर सैनिक छाउनी राखेका थिए ।
नान्यदेवका श्रीधर कायस्थ जस्तो सुझबुझ भएको मन्त्री थियो, राजालाई उचित सल्लाह दिनुको साथै राजाको आज्ञालाई आफ्नो जिम्मेवारी ठानेर पूरा गर्ने गरेको थियो ।
१३२६ मा डोयराज्यका उत्तराधिकारी हरिसिंहदेव दिल्लीका तुर्क बादशाह गयासुद्दिन तुगलकसँग पराजित भई उत्तरी पहाडी इलाका बागमतीको बाटो हुँदै भागी भादगाउँमा पुगे ।
वास्तवमा सिम्रौनगढको डोय राज्य यस्तो समयमा स्थापना भएको थियो जुन समयमा उत्तर भारतमा मुसलमानी आक्रमणले हिन्दूहरूको अस्तित्वकै प्रश्न खडा गरेको थियो । यस्तो अवस्थामा भागेर आएका शासकहरूले नेपालको पहाडी क्षेत्रमा हिन्दू धर्म र हिन्दू जीवनशैलीलाई विकास र विस्तार गर्न वर्णाश्रम धर्मका आधारमा नयाँ नयाँ थिति बसाल्दै थिए । डोयराज्यको प्रशासन राजा, युवराज, महासामन्त, अमात्य, न्यायाधीस, बिषयपति (जिल्लाधिस), सचिव, दुर्गपाल, कोटपाल, पुरोहित, सेना आदिद्वारा संचालित रहेको थियो । यसरी विचार गर्दा सिमरौनगढको डोयराज्य निरंकुश सामन्ती शासन व्यवस्था थियो भन्ने प्रमाणित हुन्छ ।
साढे पाँच सय वर्षसम्म उपेक्षाको सिकार भएको सिमरौनगढमा राणा प्रधानमन्त्री जंगबहादुर राणाकी राजमहिषी हिरण्यगर्भकुमारीको चाहनाअनुसार उनका छोरा जितजंगले मातापिताको स्मृतिमा विसं १९३५ माघ ५ गते रामजानकी मन्दिर निर्माण गराएपछि सो सिमलवन क्षेत्रमा पुनः बिस्तारै गाउँ बस्न थाल्यो । गयासुद्दिन तुगलकको तुर्क सेनाले ध्वस्त पारेका सिमरौनगढ, बस्तीरहित र समयसमयमा आएको प्राकृतिक प्रकोपले जमिनमुनि पुरिएको थियो । जमिनमुनि पुरिएको अवस्थामा अझ पनि कैयौं वैभव होलान् जसको सुइँको हामीलाई नभएको हुनसक्छ ।
वर्तमानमा प्राप्त राजप्रसादको ढोकामाथि प्रयोग गरिने विभिन्न कलात्मक बुट्टाहरू कुँदिएका कृष्ण पत्थरको टुक्राले नान्यदेवको राजप्रसादको अवशेष सुरक्षित राखेको आभास दिलाउँछ ।
नान्यदेवले निर्माण गराएको राजप्रसाद १७४ फुट लामो तथा १४९ फुट चौडा रहेको आज पनि अन्दाज गर्न सकिन्छ ।
सो राजप्रासादको चारैतिर कलात्मक शिलायुक्त स्तम्भले वरन्डा निकालिएको थियो । जुन ठाउँमा सभाकक्ष थियो त्यो कारीगरी हेर्दा लाग्छ त्यस समयको वास्तुकलाको उत्कृष्ट नमुना थियो । सबै स्तम्भहरू समकोण थिए । यस राजप्रासादमा प्रवेश गर्ने मुख्य ढोका पश्चिमी भित्तामा थियो । जसलाई एउटा अर्को भित्ताले दुई भागमा विभाजित गरेको थियो । बीचमा लागेको गाह्रो (दिवाल) ले गर्दा बनेको भित्री भागसम्म पुग्न र अर्कोतर्फ जानका लागि भ¥याङ बनाइएको थियो ।
राजप्रासादको पछाडि सेविका (सुसारे) हरूको आवास थियो जो बलियो पर्खालले घेरिएको थियो । अहिले निमांण गरिने आवास गृहमा भने निकै परिवर्तन आएको छ । पहिलेको आवास गृहमा सुन्दरता र दिगोपनलाई ध्यान दिइन्थ्यो, भग्नावशेषमा परिणत भएको सिमरौनगढको राजप्रासादले तत्कालीन संस्कृति, पारिवारिक र सामाजिक स्थितिबारे जानकारी गराउँदछ । प्राचीन सम्पदा उचित संरक्षणको अभावमा नष्ट हुँदै जाँदैछ । १३०० तिरको सेविका आवासमा भनिन्छ, तीन सय युवतीहरू थिए । त्यसमध्ये केही अवधीनीहरू पनि थिए अरे । अवधिनीहरूको श्याम वर्ण, मध्यम कद र मृदु वचनले राजा हरिसिंह देवलाई अवश्य नै आफूतिर आकर्षित गर्दो हो । केही सेविका गङ्गापारिका थिए । यी दुवैको स्वभावमा निकै भिन्नता पाइन्थ्यो भनिन्छ । गङ्गापारिका सेविकाको लाम्चो नाक र चौडा निधार, गौर वर्ण तथा तिखो आवाजले तिनीहरूको व्यक्तित्व झल्काउँदथ्यो । केही पूर्वी प्रदेशका युवतीहरू थिए । त्यस वर्णशंकर वंश वृक्षले रूप, रंग र आकृतिमा जादुगरी परिवर्तन ल्याएको अनुश्रुति पनि सुन्न पाइन्छ ।
पूर्वी प्रदेशका युवतीहरूका उज्ज्वल वेश र चंचल नयनले क्षणभरमै राजाको हृदय जित्नसक्दथे । कोही मृदुल खरजको स्वरमा गाउँन निपुर्ण थिए ।
कुनैको कुशल प्रगल्भ आलाप सुन्ने जति मग्न हुन्थे । कुनै भावपूर्ण नृत्य विलासले, राजा र भारदारहरूलाई खुसी पार्न सक्षम थिए ।
विविध गुण भएका थिए । नृत्य–गीत विलासले डोयराज्यका राजा, भारदार र राजाका मित्रहरूको आराधना गर्नु कर्तव्य हो भनी सिकाइएको थियो । ती युवतीहरू शिरदेखि पाइतालासम्म नैसर्गिक लावण्य, चातुर्य क्षमताको बलमा विलास र श्रृंगार भावको प्रतिमूर्तिसरह सजिरहने गर्दथे । तिनीहरूको मोह र भावमा डुबेता पनि राजा हरिसिंहदेव मन्त्रमुग्ध भै कंकाली, गढी र तुलजा भवानीको पूजा–आजा र ध्यान गर्ने कर्तव्यबाट कहिल्यै च्यूत बनेका थिएनन् । वास्तवमा गयासुद्दिन तुगलकको आक्रमणपछि सिमरौनगढलाई एउटा घोर अवसाद र क्लान्तिको कालो बादलले उठनै नसक्ने गरी छोपिरह्यो । आक्रमणकारी पनि म¥यो, आक्रमण झलेकाहरू पनि एकएक गर्दै मर्दै गए, केही इतिहासकारले लेखे मैथिल इतिहासमा सुवर्णकाल भनेर चिनाइएको वैभवयुक्त सिमरौनगढ उजाड्, वीरान र विरस भयो । तर त्यस आक्रमणले डोयराज्यलाई विनाश पारे पनि सिमरौनगढ भग्नावशेषमा भए पनि त्यहाँको कला र समृद्धिको कथा वर्तमान पुस्ताले प्राप्त गरेको छ । डोयहरूले धेरै पटक काठमाडौं उपत्यकामा आक्रमण गरी लुटपाट मच्चाए पनि अर्को आक्रमणकारीको आक्रमण झेल्नुपर्ने कुरो बिर्सिएको हुँदा भग्नावशेष मात्र छ अहिले हामीसँग डोयहरूको ।
कंकाली, गढी र तुलजा भवानीको प्रसाद ग्रहणगरी डोय राजाहरूले जीवन सार्थक ठान्ने गरेका रहेछन् । डोयराज्यको पूर्वी–उत्तरी कोणमा सबैभन्दा महत्वपूर्णको थियो । एउटा सानो तर सुन्दर मन्दिर सबभन्दा महत्वपूर्णको थियो । त्यस मन्दिरको ढोका अगाडि एउटा शमी वृक्ष थियो ।
त्यो मन्दिर प्रसिद्ध तुलजा भवानीको थियो । तुलजा भवानी डोयराज्यकी आराध्य देवी थिइन् । राजधानी सिमरौनगढदेखि टाढा पूर्वी र उत्तरी शत्रुहरूबाट राज्यको सुरक्षा हेतु सैनिक शिविरमा रहेको त्यस मन्दिरले प्रत्येक सैनिकमा राजा र राज्यका लागि अजेय योद्धा बन्ने प्रेरणा दिने गथ्र्यो, चारकोसे घना झाडीबीच चैत्र महिनामा नदीको पानी चाँदीको धारजस्तो चम्केको देखिने गथ्र्याे ।
चाँदी समान चम्केको बालुवाले आफ्नो आभा छरिरहन्थ्यो । संभव छ कि तुलजा भवानी प्रत्यक्ष प्रकट भएकी हुँदा डोयराज्य शक्तिशाली बन्यो ।
प्रत्येक औंसी र पूर्णिमाको दिन आराध्य देवी तुलजा भवानीको पूजा राजा आफैले गर्ने गरेको बुझिन आएको छ । राजा हरिसिंहदेव आफ्नो उमेरभन्दा निकै कमका देखिन्थे भन्ने सुन्नमा आएको छ ।
राजा हरिसिंहदेव एक कुशल शासक थिए । त्यस युगमा गंगादेखि पूर्व–उत्तर नेपालको तराईको दक्षिणाञ्चल भूभागमा डोयराज्य समान बलियो अर्को राज्य थिएन । तर गयासुद्दिन तुगलकको आक्रमणबाट खरानी बन्नगयो ।
पूर्व कोशी र पश्चिम गण्डकी (नारायणी) सम्म फैलिएको राज्यको राजधानी अहिले बारा जिल्लाको केही स्थान र भारतको विहारमा पर्ने घोडासहन थानाको विजयी गाउँसम्म विभाजित छ । डोयराज्यको स्थापना दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यले उत्तरतर्फको विजय यात्राको क्रममा १०९७ मा आफ्नो सेनापति नान्यदेवद्वारा गराएका थिए । विक्रमादित्यको मृत्युपछि डोय स्वतन्त्र राज्य भयो र नान्यदेवले सिमरौनगढलाई राजधानी बनाए । संस्थापक नान्यदेवका वंशज हरिसिंहदेव त्यहाँका अन्तिम शासक बने । एकोहोरो शरीर, उज्ज्वल श्यामवर्ण, भित्र दवेको कालो आँखा मध्यम कद र साँपको जस्तो चपलता थियो हरिसिंह देवमा ।
डोयराज्यको राजधानी सिमरौनगढले कर्णाट वंशको अधीनमा चौतर्फी विकासको अवसर पाएको थियो । १२२६ मा तिब्वती यात्री धर्मस्वामी भ्रमणको क्रममा सिमरौनगढ पुगेका थिए र उनले त्यहाँ (त्यस राज्यमा) करीब ६ लाख घर पाएको आफ्नो यात्रा वृतान्तमा उल्लेख गरेका छन् । धर्मस्वामीको यात्रा वृतान्तअनुसार यहाँको सुरक्षा व्यवस्था निकै राम्रो थियो । नान्यदेवले आफ्नो राज्यको राजधानीको सशक्त किल्लाबन्दी गरेका थिए । यात्रावृतान्तमा उल्लेख गरिएअनुसार सिमरौनगढको वरिपरि ७ वटा सुरक्षात्मक पर्खालले अजेय बनाइएको थियो । दरबारको थप सुरक्षाका लागि ११ वटा ठूल्ठूला ढोका र २१ ठाउँमा ठूल्ठूला पानी पोखरी र अनेकौं लहरमा रुखहरू लगाइएका थिए । तत्कालीन सुरक्षा व्यवस्थाको पूर्ण स्वरूप अहिले लोप भइसकेको छ । तर पनि कंकाली माईको दक्षिण पूर्वमा र खजानी गाउँको पश्चिम कोणमा रहेको विशाल अन्नको भण्डारको अवशेष ढिस्कोको रूपमा छ । अवशेषले पनि धेरै कुरा भनिरहेको हुन्छ । प्रश्न अवशेष रक्षाको बन्न पुगेको छ अहिले । सिमरौनगढको अवशेष ढिस्को कोट्याउँदा बलेर कोइला बनेको चामल अहिले पनि पाइन्छ । तुर्क शासक गयासुद्दिन तुगलकले सिमरौनगढमा व्यापक तोडफोड र लुटपाट मच्चायो । त्यसको सामना गर्न नसकी राजा हरिसिंहदेव भागेर भादगाउँ गएपछि त्यहाँ कर्णाट वंशको पतन नै भयो र राज्य छिन्नभिन्नको अवस्थामा पुग्यो । पछि सेन राजाहरू प्रभावशाली भए र उनीहरूले तराईंका ती सबै ससाना राज्यहरूलाई एकत्रित गरी सम्पूर्ण तराईमा आफ्नो शासन कायम राखे । पृथ्वीनारायण शाहले मकवानपुरका राजा दिग्वन्धन सेनलाई पराजित गरेपछि यो राज्य एकीकृत नेपालमा गाभिएको हो । प्राप्त पुरातात्विक वस्तुहरूको आधारमा तत्कालीन समयमा यो राज्य निकै समृद्ध र वैभवशाली रहेको ठहर गर्न सकिन्छ । १२२६ को तिब्बती यात्री धर्मस्वामीको भ्रमण आर्थिक र सभ्यताको दृष्टिले सिमरौनगढको बारेमा गतिलो प्रमाण बनेको छ । व्यवहारमा मात्र होइन, धर्मस्वामीको यात्रा वृतान्त डोयराज्यको शासनस्वरूपको साक्षी हो ।
धर्मस्वामीको यात्रा वृतान्तको आधारमा डोयको इतिहासमा कर्णाटवंशी राजा नान्यदेवले आफ्नो राज्यको राजधानीको सशक्त किल्लाबन्दी गरेका थिए । सिमरौनगढबासी विनम्र र आज्ञाकारी, राज्यको रक्षा खातिर मर्न मार्न तैयार थिए । वीरोचित कार्यको अपेक्षा सिमरौनगढले राख्दथ्यो, दुश्मनसँग मोर्चा लिएर आवश्यकता पर्दा ज्यानको आहुति दिएर भए पनि डोय राज्यको उत्थान गर्ने चाहना राख्दथ्यो, यसैले त भन्ने गरिन्छ कर्णाटवंशले डोय राज्यलाई चरम उत्कर्षमा पु¥याएको थियो । शूरवीरहरूको अभाव नभएको हुँदा कौशिकीदेखि पश्चिम, सदानीरादेखि पूर्व, शिवालिक पर्वतदेखि दक्षिण र गंगानदीदेखि उत्तरको विशाल भूभाग नमुनाको रूपमा प्रगतिपथमा लम्केको थियो । धर्मस्वामीको यात्रा वृतान्तअनुसार सिमरौनगढको सुरक्षा व्यवस्था निकै राम्रो, उत्तम तालिमप्राप्त सैनिक, उत्पादन पनि अत्यधिक हुने गरेको उल्लेख छ । यस्तो बलियो व्यवस्था युक्त राज्यमा रहने शूरवीरहरू वीरोचित कार्य प्रदर्शन गर्न अरिङ्गालको गोलामा हातहाल्न पुग्थे । आज के छ सिमरौनगमा ? तुर्क आक्रमणकोचोटको परिचय दिने अवशेष छ ।
तुर्क आक्रमणको चर्चाविना सिमरौनगढको कथा पूरा हुन सक्दैन । यानी १३२६ मा कसले कसरी आक्रमण ग¥यो, चर्चा गर्नै पर्दछ । दिल्लीका तुर्क बादशाह गयासुद्दिन तुगलकको फौज बंगाल विजय गरी फर्किरहेको थियो । उनीहरूसँग बंगाल लुटेको अथाह धनसम्पत्ति थियो । लस्कर निकै लामो थियो र गङ्गा नदीको किनारको बाटो दिल्ली फर्किदै थियो । यता डोय सेनाले अथाह धनसम्पत्तिको कुरो थाहा पाए, मर्यादा परम्परा विर्सिए र लुट्न चाहे । खुला क्षेत्र थिएन । लुकेर आक्रमण गरे, जे हात लाग्यो लिएर कुलेलम ठोके । निर्धक्कसँग बढिरहेको लस्करको एक छेउमा आक्रमण गरी लुट्न सजिलो हुन्छ । धेरै समस्या झेल्नुप¥यो तुर्क बादशाह गयासुद्दिनले । लुटेराहरू कहाँबाट आउँछन् कुन ठाउँमा आक्रमण गर्छन् र कहाँ बिलाउँछन् जादुझै लाग्दथ्यो । घना जंगल भएको हुनाले केही सोच्न सक्दैनथे । तुर्क बादशाह गयासुद्दिनले लुटेराहरूको भेद थाहा पाउन गुप्तचर पठाउने विचार ग¥यो । गंगा नदीको किनारमा उपयुक्त स्थान खोजेर शिविर राख्न लगायो । धनलाई जोगाउन शिविर राखेपछि डोयका लुटेराहरूको आक्रमण सहजै विफल तुल्याइदियो । महान बंगाल विजयी तुर्क बादशाहका उम्दा गुप्तचरले साम–दाम–भेद नीतिअनुसार लुटेराहरू सिमरौनगढ राज्यका भएको पत्ता लगाए र यो लुट राज्यको तर्फबाट नै नियोजित भएको जानकारी तुर्क बादशाहलाई गराए । साथै सो राज्य सम्पन्न हुनको साथै सामाजिक संस्कृति पनि उन्नत रहेको जनाए । वास्तवमा विशाल तुर्क सेनालाई जिस्काउनु डोयहरूको भूल थियो । खुसहाल र समृद्ध सिमरौनगढ हेर्दाहेर्दै भष्म भयो । पूर्व कौशिकी, पश्छिम गण्डकीसम्मको व्यवस्थामा परिवर्तन आयो, डोयकाललाई समृद्ध भनी संकेत दिने मन्दिर, मूर्ति, महल सम्पूर्ण तुर्कको कोप भाजन भए ।
प्रकाशित: १४ आश्विन २०७७ ०९:३४ बुधबार