६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

कहिलेदेखि स्कुल जाने होला ?

प्रान्जलराज चापागाईं  

कहिलेकाही चाडपर्वबाहेक आजसम्म यति लामो समय त म  घरपरिवारको साथमा बस्नै पाएको थिइन ।  फेरि म घरको सानो मान्छे सबै सगै बस्न पाए कति रमाइलो हुने थियो जस्तो कहिलेकाही लाग्थ्यो । यो कोरोना भाइरसको संक्रमणको त्रासले विश्वभरिका सबै मानिसहरू घरैभित्र रहेको पो रहेछ त। ओहो यो कोरोना भाइरस त कस्तो पो रहेछ त नि । आफूचाहिँ विश्व भ्रमण गर्ने अनि हामीलाई चाहि घरैभित्र थुनेर राख्ने।

म त धेरै छुकछुके , चकचक गरिरहने, चलिरहने मान्छे कि  यो लकडाउनको समयमा घरैभित्र थुनिएर बस्न निकै  गार्हो भएको छ  । त्यसैले कोरोना भाइरससँग  रिस पनि उठिरहेको छ, उचाहिं डुल्ने हामीलाई चाहि थुन्ने ।

लकडाउन शुरुका दिनहरूमा त सबै घरैमा , फेरि भर्खरै परीक्षा पनि सकिएको  अनि त के चाहियो र । साथैमा मामुबाबा ,  नयाँ गेम, नयाँ रेसिप सबै कुराको परीक्षण घरमा आहा कति रमाइलो । सधै दिनहरु यस्तैगरी बिते हुने थियो जस्तो लाग्न थाल्यो ।  दिनहरू बित्दै गए तर मामुबाबाबाट कोरोना भाइरसको संक्रमण बढ्दै गएको  थाहा पाउन थालियो। म पनि उहाँहरूसँग बसेर समाचार सुन्ने, गफ सुन्ने भएकोले धेरै नै कुरा बुझ्न थाले। ओहो विश्वभर मान्छे  कति मरेको , नेपालमा पनि मर्न थाले । बाहिर टोलटोलमा  आज  यतिलाई भेट्यो  रे भन्ने  हल्ला आउन थाल्यो  कि ।   फेरि हाम्रो टोलमा वडा कार्यालबाट गाडीमा सेनिटाइजर छर्कन आउन थाल्यो । यो देखेर त मलाई झनै बाहिर निस्कन डर लाग्न थाल्यो ।अनि त म  झनै भित्र नै थुनिएर बस्न थाले। 

यो बसाइमा मैले घरैमा भएको कथाका धेरै किताबहरू पढे, चित्र पनि बनाए, विभिन्न सामाग्रीहरू पनि श्रृजना गरे। यसैगरी केही दिन बित्दै गए तर अब बिहानबेलुका म बसेको वरपर अलि खुला वातावरण र नयाँ मानिसहरू कोही नआउने भएकाले म खेल्न निस्कन थाले। मेरो साथी सुयोग, सुभम अन्जला दिदी, अनुराग दादा मेरो दिदी सब हामी पनि त्यही वरपर बस्ने भएकोले र उहाँ हामी नातेदार  पनि, बसाइ पनि नजिकै वरपर भएकाले   लकडाउनमा पनि कहिलेकाही हाम्रो भेटघाट , आवतजावत भैरहन्थ्यो । उनीहरू पनि मजस्तै थुनिएर बस्दा कति गारो भएको थियो । त्यसैले बाबामामुहरूको अनुमति लिएर हामी बिहानबेलुका खेल्न थाल्यौ। हामी कहिले लुकीछिपी, ढुङ्गा लडाइ, ब्याडमिन्टन जस्ता गेल खेल्न थाल्यौ । खूब रमाइलो लाग्न थाल्यो । बिहानबेलुका खेल दिउँसो अनलाइन कक्षा  हामी त्यसैमा बानी परेर रमाइलो गरी दिन बिताउन थाल्यौ। तर घरमा अबको दिन कस्तो आउने होला , छोराछोरीको पढाइलेखाइ के हुने होला भनेर सबै चिन्तित हुनुहुन्थ्यो । हो साँच्चै अब हामी कहिलेदेखि स्कुल जाने  होला ?  यसो बिदाको दिनमा घुम्न जाने दिन कहिले आउला ?  मलाई पनि यस्तै कुराहरू मनमा आइरहन्थ्यो ।

म  पढिलेखी ठूलो भएपछि डाक्टर बनेर यस्तै नयाँनयाँ रोगहरू विरुद्धको खोप तयार गरी मानिसहरूलाई  रोगहरूबाट बचाउनेछु भन्ने लागेको छ । त्यसैले म पढाइलेखाइमा धेरै मिहिनेत गर्छु । मलाई धेरै नयाँ कुराहरूको खोजी गर्न मन लाग्छ । मलाई मेरो शिक्षकहरुले पनि सधै माया गर्नुहुन्छ । म पनि सधै ज्ञानी र असल बनी राम्रो भविष्य निर्माणमा लागेको छु तर यो कोरोना भाइरसको संक्रमणको खतरा नटरुन्जेल मैले मेरै मिहिनेतले धेरै काम गर्नु छ।

प्रकाशित: १२ श्रावण २०७७ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App