coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

परमिताले माफी मागिन्

काठमाडौं – गत मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार भनिएकी मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकारेकी हुन्।

‘म सबैसँग क्षमाप्रार्थी छु। चार जनाले गरेको निर्णयले निर्दोषको ज्यान गएको छ। त्यो घटना सत्य नभइ एक डरलाग्दो सपनामात्र होस् भन्ने मेरो चाहना छ। तर, दुर्भाग्य मपनि सो कारमा सवार यात्रु थिएँ। मलाई त्यो दुर्भाग्यपूर्ण घटनाले आघात पु‍¥याएको छ। यो घटनाले मेरो जीवन परिवर्तन गरिदिएको छ, ’उनले लेखेकी छन्, ‘सो कारमा सवार मेरो साथीले बाहिरको वातावरण हेरेर आउँदासम्म मैले केही सोच्न सकेकी थिइनँ।

एक्कासीले उसले हात समातेर भागभन्दा म झसँग भएको थिएँ। सो दुर्घटना भएको २६ औं दिनमा उनले स्ट्याटल लेख्दै कारचालक पृथ्वी मल्लले मादकपदार्थ सेवन गरेर जनाएकी छन्।

बुढानीलकण्ठ नगरपालिका–५ स्थित बुढानीलकण्ठ स्कुलनजिकको सडकपेटीमा हिँडिरहेकी बारपाक गाउँपालिका–८ गोरखाकी लीला देवकोटालाई गत मंसिर २८ मा बा १४ च ६१२३ नम्बरको सुजुकी कारले ठक्कर दिएको थियो। घाइते देवकोटालाई बाँसबारीस्थित न्युरो अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार २१ वर्षीय कारचालक पृथ्वी मल्लले अत्याधिक मादक पदार्थ सेवन गरेका अनियन्त्रित ढंगले कार चलाउँदा देवकोटाको मृत्यु भएको थियो।

अभिनेत्री राणाले सो दुर्घटना पैदलयात्रीको मृत्यु भएको खबर घर पुगेर थाहा पाएको उल्लेख गरेकी छन्। ‘मादकपदार्थ सेवन गरेका चालकले चलाएको सो कार नचढ्ने विकल्प हुँदाहुँदै पनि चढेर जीवनको ठूलो गल्ती गरें र त्यसबाट सदाका लागि पाठ सिकें,’ उनले लेखेकी छन्, ‘म दुई वर्षको हुँदा मेरा बुबा कार दुर्घटनामा परेर बित्नु भयो। त्यसैले पनि म पीडित पक्षको पीडा महसुस गर्न सक्छु। हाम्रो गल्तीले कसैको ज्यान लियो। त्यो तितो सत्यले मलाई पलपल मारिरहेको छ।’ कारचालक मल्ल हाल प्रहरी हिरासतमा छन्।

नेपाल र भारतको सीमाक्षेत्रमा हुने आपराधिक घटनामा आधारित अभिनेत्री राणाद्वारा अभिनित ‘द कर्मा’ फिल्म आगामी माघ दोस्रो सातामा रिलिज हुँदैछ। देवकुमार श्रेष्ठले निर्देशन गरेको सो फिल्ममा अभिनेत्री राणासहित निता ढुंगाना, बुद्धि तामाङ, करण बर्मा र अनुप सक्सेनालगायतले अभिनय गरेका छन्।

प्रकाशित: २४ पुस २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App