१० पुस २०८२ बिहीबार
image/svg+xml
कला

मिस पूर्वाञ्चलमा ‘फेस अफ डिभाइन’

काठमाडौं – मिस पूर्वाञ्चलको दसौं संस्करणमा सर्वाधिक फेसबुक लाईक पाउने प्रतियोगीले १५ हजार रुपैयाँसहितको ‘फेस अफ डिभाईन’ उपाधी पाउने भएकी छिन्। आगामी पुस ५ मा धरानमा आयोजना हुने मिस पूर्वाञ्चलको फाइनलमा ‘फेस अफ डिभाईन’ उपाधी प्रदान गरिनेछ।

गत वर्ष सामाजिक सञ्जाल फेसबुकमा सर्वाधिक लाईक पाएकी आकृति आचार्यले सो उपाधी जितेकी थिइन्। मिस पूर्वाञ्चलको दसौं संस्करणमा अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निवेदिता राजभण्डारी, स्वेता पोखरेल, मोनालिशा राई, शशी बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, विपना तामाङ, मिलिसा श्रेष्ठ, गोमा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल, एन्जल राई, रिजु भट्टराई, रेजिना राई, रेश्मा राई र अन्जु बुढाथोकी गरी २१ जना प्रतिस्प्रर्धी छनोट भएका छन्।

प्रकाशित: २७ मंसिर २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App