डा. नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानले २०८१ सालमा दिइने पुरस्कार घोषणा गरेको छ। प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्षेत्रका तीन स्रष्टालाई पुरस्कारका लागि छनोट गरेको हाे।
प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोकाे अनुसार साहित्यकार डा. सुशीला भण्डारी (काेइराला) लाई ५१ हजार रुपैयाँ राशिको डा. नरेन्द्र चापागाईं साहित्य पुरस्कार दिने निर्णय भएकाे छ।
त्यस्तै छन्दकवि रोहिणी रसिकलाई २५ हजार राशिको युवा साहित्य पुरस्कार र गायक तथा संगीतकार प्रवलदीप विश्वासलाई १० हजार ११५ रुपैयाँको नेउपाने कला सम्मान प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
उक्त पुरस्कार असार २३ गते हस्तान्तरण गरिने समितिले जनाएकाे छ।
प्रकाशित: १८ असार २०८२ ११:०५ बुधबार





