१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

गायिकाद्वय एलिना र समिक्षाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने: साहसी छोरीहरू

'गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने यी दुई गायिकाको तरिका सही लाग्यो'

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गायिकद्वय एलिना चौहान र समिक्षा अधिकारीको प्रशंसा गरेका छन्।

आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्बिर, नाम र फेसबुक आइडी सार्वजनिक गरिरहेका चौहान र अधिकारीको अभियानलाई साहसी काम भन्दै प्रधानमन्त्रीले उनीहरूको प्रशंसा गरेका हुन्।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताए।

उनले समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन 'गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने' दुई गायिकाको तरिका सही लागेको जिकिर गरे। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको उल्लेख गर्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताए।

प्रधानमन्त्री ओलीले लेखेका छन्, 'आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले 'गाइड' गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन 'गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने' यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।'

प्रकाशित: १४ असार २०८२ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App