एपेक नेपालले युवराज अधिकारीको कवितासङ्ग्रह ‘युध्द युध्द नै हुन्छ’ को लोकार्पण गरेकाे छ।
एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको अध्यक्षता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा कवितासंग्रहकाे लोकार्पण भएकाे थियाे।
एलिस रिसेप्सन, गैरीधाराको सभाहलमा नेपाल वायु सेवा निगमका पूर्व अध्यक्ष तथा लेखक युवराज अधिकारीको कवितासङ्ग्रह ‘युद्ध युद्ध नै हुन्छ ’ को संयुक्त रूपमा लोकार्पण भएको थियो।
कवि तथा साहित्यकार राजेन्द्र शलभको स्वागत मन्तव्यबाट शुरू भएको उक्त कार्यक्रममा प्रख्यात कवि तुलसी दिवस, साहित्यिकार तथा विद्वत् व्यक्तित्वहरू प्रकाश सायमी, प्रसिद्ध कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र अभिनेता निखिल उप्रेती र लेखक युवराज अधिकारीले मन्तव्य व्यक्त गरेका थिए। साथै कवितासङ्ग्रहमा सङ्गृहीत केही कविता रोचक ढङ्गले वाचन गरिएको थियो।
एपेकका अध्यक्ष विश्वविमोहन श्रेष्ठको धन्यवाद ज्ञापनपछि रङ्गकर्मी वीरेन्द्र हमालको निर्देशनमा लोकार्पित कवितासंग्रहको ‘आमा’ कविताको मञ्चन पनि भएको थियो।
उक्त समारोहमा सांसद डा. अमरेशकुमार सिंह तथा सांसद मीना श्रेष्ठ (कोशी प्रदेश ) को पनि उपस्थिति रहेको थियो। नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रसिद्ध कलाकार दिनेश डिसीले उद्घोषण गरेका थिए।
प्रकाशित: ८ असार २०८२ १०:०२ आइतबार





