७ माघ २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा

जेठ २३ आज शुक्रबारदेखि नेपाली सिनेमा ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ। प्रिमियर मार्फत ुपूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमा’ को प्रतिक्रिया पाएको यो सिनेमालाई प्रदर्शकले उत्साहजनक शो दिएका छन् । निर्देशक सिमोश सुनुवारले सिनेमाको नामले गर्दा पनि ‘जन्ते बाख्रोु परम्परा र संस्कृतिलाई प्रचार गरेको बताए।

‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ तर हामीले विषयसँग मिल्दो शीर्षक ‘जन्ते बाख्रो’ राखेका छौं। यसले नयाँ पुस्तालाई शीर्षकप्रति जिज्ञासु बनाउँछ र हाम्रो परम्परासम्म पुर्याउँछ भन्ने विश्वास छु, निर्देशक सुनुवारले भने।

उनले सिनेमाको कथावस्तु अनुसार पात्रमा सुहाउँदो कलाकार छनोट गरेको बताए। सिनेमा हेर्न आइपुगेका दर्शकबाट सिनेमाको प्रचार हुनेमा उनी विश्वस्त छन्।

सिनेमाले मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आफ्ना आउटलेटमा उल्लेख्य शो पाएको छ। क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ४ शो, लबिम मलमा ३ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो, राइजिङ्ग मलमा १ शो, सिटी स्क्वायरमा २ शो दिएको छ।

 क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा २ शो, वुटवलमा २ शो, दमौलीमा ३ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा २शो, विर्तामोडमा ३ शो, विरगंजमा १, पोखरामा ३ शो र चितवनमा ३ शो रहेको छ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरूमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा २ शो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा २ शो, चाबहिलमा रहेको केएल टावरमा अवस्थित एफक्युबमा २ शो, जमलमा रहेको विश्वज्योति सिनेमाजमा १ शो, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्समा २ शो, कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा १ शो, सितापाइलामा रहेको सिके सिनेमाजमा २ शो, बानेश्वरमा रहेको वान सिनेमाजमा ४ शो र कालिमाटीमा ३ शो दिएको छ।

यस्तै आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो, बानेश्वरमा रहेको आइएनआईमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो, नैकापमा रहेको डीएम सिनेमाजमा १ शो, भक्तपुरमा रहेको सुर्यविनायक सिनेमाजमा १ शो रहेको छ।

पोखरामा रहेको मिडटाउनमा १ शो, सिमरामा रहेको आइएनआइ केएसआर मुभिजमा ३ शो, दमकमा रहेको डिम्याक्स सिनेमाजमा २ शो, विराटनगरमा रहेको सिटी सिनेमामा २ शो, धरान र बुटवलमा रहेको रहेको फ्रेन्ड्स सिनेमामा १ शो, विर्तामोडमा रहेको पाथिभरा सिने प्लाजामा १ शो, धनगढीमा रहेको एसटिएस सिनेमामा १ शो, पर्सा चितवनमा रहेको म्याङ्गो जनज्योतिमा २ शो, नवलपुरमा रहेको कावासोती सिनेम्याक्समा १ शो, विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा १ शो, नेपालगञ्जमा रहेको सिने रोयलमा ३ शो, इटहरीमा रहेको इलाइट सिनेमामा ३ शो रहेको छ।

निर्माता सन्तोष गौतमले प्रिमियरमा सिनेमा रहेका सिनेकर्मीले दिएको प्रतिक्रिया र शुक्रबार दर्शकबाट पाइने प्रतिक्रियाले आउँदाे दिनमा शो संख्या बढ्ने विश्वास व्यक्त गरे।

‘हामीले सिनेमा राम्रो बनाएको प्रतिक्रिया पाएका छौं। दर्शकले हेरेपछि प्रवाह हुने ‘वर्ड अफ माउथ’ ले हाम्रो सिनेमाको राम्रो प्रचार हुन्छ भन्नेमा विश्वस्त छौं। हामीले इमानदारीकाे साथ विनासम्झौता सिनेमा तयार गरेका छौं,‘  निर्माता गौतमले भने।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा अभिनेता सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम लगायत कलाकारको अभिनय रहेको छ।

‘जन्ते बाख्रो’ ले गाउँघरको हराउँदै गएको जन्ती परम्परा, टपरीदुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलन रमाइलो ढङ्गले प्रस्तुत गरेको छ। फिल्मका गीतहरू ‘मुकुमुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ दर्शकमाझ लोकप्रिय छन्। ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।

मुइन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्। यसमा हरि हुमागाईंको छायाङ्कन निर्देशन, उत्तम हुमागाईंको छायाङ्कन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ। टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०८२ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App