८ माघ २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

जब सोनाक्षीलाई मोटी भएकै कारण फिल्मबाट निकालियो...

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आज आफ्नो ३८औं जन्मदिन मनाउँदै छिन्। पारिवारिक पृष्ठभूमि (बुवा शत्रुघ्न सिन्हा) चलचित्रको भए पनि सुरुवातमा बलिउड उनका लागि सहज थिएन। 

फेसन डिजाइनर हुँदै अभिनेत्री बनेकी सोनाक्षीले आफ्नो मोटोपनका कारण आलोचना मात्रै सहनु परेन, काम समेत नपाउने समस्याको सामना गर्नुपरेको थियो। 

र्‍याम्प वाकमा एक सेलिब्रेटी मोडेलले उनलाई ‘गाई’ भन्दै मजाक उडाएकी थिइन्। एक निर्माताले तौलका कारण फिल्ममा मुख्य भूमिका दिन अस्वीकार गरेका थिए। 

यी आलोचनाले विचलित भएकी सोनाक्षीले ३० किलो तौल घटाएर सलमान खानको फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरिन्। उनको डेब्यु फिल्म नै २०१० को सर्वाधिक कमाउने फिल्म बन्यो। उनले आफ्नो पहिलो कमाइ सलमानको ‘बिइङ ह्युमन’ फाउन्डेसनलाई दान गरिन्। 

विवाहको कुरा गर्दा सोनाक्षीले जहीर इकबालसँग सात वर्ष डेट गरेपछि २०२४ मा विवाह गरेकी हुन्। विवाहपछि धर्म परिवर्तनको चर्चा भए पनि दबाब नभएको उनले बताएकी छन्। 

उनको आगामी फिल्महरू ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’ र ‘जटाधारा’ मा उनी देखिनेछिन्। सोनाक्षीले आफ्नो इन्स्टाग्राममा ट्रोलरहरूलाई जवाफ दिँदै भनेकी छन्, ‘सोनाक्षी सिन्हा कहिल्यै चुप लागेर बस्ने छैनन्।’ एजेन्सी

प्रकाशित: १९ जेष्ठ २०८२ १३:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App