११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

नियात्राकार नयाँघरेको सम्मानमा विविध विधामाथि अन्तर संवाद

थाइल्यान्डको राजधानी बेंककमा एक साहित्यिक कार्यक्रमको भएको छ। थाइल्यान्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तर संवाद भएको छ।

उक्त साहित्यिक समारोहमा अशोक घिमिरे, दीपा राना, तिलक पोख्रेल, रीत निरौला गुरागाईं, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत, भारती अधिकारी, विना ढकाल, करुणा भुजेल, लोकेन्द्र ओली लगायतले आआफ्ना रचना र विचार प्रस्तुत गरेका थिए।

नियात्राकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए। उनले भने, थाइल्यान्डमा बसे पनि म्यानमाली नेपाली साहित्यकारहरूले बेंककका अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहून्।

प्रकाशित: ८ वैशाख २०८२ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App