९ पुस २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

चलचित्र ‘बिगुल’ मा विश्वप्रकाश शर्माको संगीत

सांगीतिक पृष्ठभूमि भएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली चलचित्र ‘बिगुल’ को एउटा गीतमा संगीत भरेका छन् । गायक राजेशपायल राईको स्वर रहेको  ‘आउ यस्तो देश बनाऔँ’ बोलको गीतमा उनले संगीत दिएका हुन् । चलचित्रका निर्देशक रमेश कोइरालाका अनुसार, उक्त गीत शर्मा आफैंले लेखेका हुन् ।

राजनीतिमार्फत् समृद्ध देश निर्माणको अभियानमा रहेका महामन्त्री शर्माको उक्त गीत अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड भएको निर्देशक कोइरालाको भनाइ छ । महामन्त्री शर्माको शब्द र संगीतमा आफू सन्तुष्ट रहेको कोइरालाले बताए । चलचित्रका अन्य गीतको संगीत भने अर्जुन पोखरेल र मनोज चौलागाईंको रहनेछ ।

म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको छायांकन वैशाखको तेस्रो साताबाट सुरु गर्ने तयारी निर्माण पक्षको छ ।

प्रकाशित: ५ वैशाख २०८२ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App